पाथीभरामा ५ महिनामै साढे आठ करोड भेटी संकलन

ताप्लेजुङमा अवस्थित धार्मिकस्थल पाथीभरामा चालु आर्थिक वर्षमा साढे आठ करोड रूपैयाँ भेटी संकलन भएको छ।

भक्तजनले पाथीभरामा चढाएको रकम भेटीको रुपमा संकलन भएको हो। पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मंसिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ रूपैयाँ भेटी रकम संकलन भएको छ।

पछिल्लो दुई महिना अर्थात् कात्तिक र मंसिरमा मात्र ६८ लाख ११ हजार एक सय १० रूपैयाँ संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए।

सकंलित भेटी रकममध्ये चालु आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा १० लाख ७० हजार सात सय ८७ खर्च भएको समितिले जनाएको छ।

सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, ढुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ।

खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ बैंकमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिए।

बैंकमा मुद्दती खातामा ६ करोड ८८ लाख मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र दुई लाख ५२ हजार चार सय ४० रूपैयाँ रहेको समितिले जानकारी दिएको छ। रासस

सिफारिस

प्रधानमन्त्री प्रचण्डले चौथोपटक पाए विश्वासको मत, पक्षमा १५७

प्रधानमन्त्री पुष्यपकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौथोपटक विश्वासको मत पाएका हुन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको पक्षमा...

कांग्रेसकाे अवराेधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। सभामुख देवराज घिमिरे कार्यसूचीमा प्रवेश गर्न...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको धारा १००...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कांग्रेसकाे अवराेधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संघीय संसद्...

उपत्यकामा बिहानैदेखि वर्षा

यतिबेला (सोमबार बिहान ७ बजे) काठमाडौँ उपत्यकाको मौसम पूर्ण...

रवि लामिछानेलाई कांग्रेसले डेढ वर्ष प्रधानमन्त्रीमा अफर गरेको खुलासा

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले...

‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’ : गृहमन्त्री रवि लामिछाने

काठमाडौँ - गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफूमाथि...

छानबिन गर्ने भए खसी, बोका र बाख्रा पाल्नेको पनि छानबिन गरौँ : गृहमन्त्री रवि लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मात्रै नभई...

धेरै पढिएको