ग्वार्को घटना : भाग्यमानी युवा जसको मोबाइलमा गोली लागेर ज्यान बच्यो

काठमाडौं – ललितपुरको बालकुमारीमा प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली मोबाइल फोनले रोकेर एक विद्यार्थीको ज्यान जोगिएको छ ।

गोली लागेपछि झोलामा रहेको मोबाइलमा प्वाल परेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवा प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारी उग्र भएपछि प्रहरीले गोली, अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।

 आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे।

आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका क्रममा निधन भएको उनले बताए। प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरूले गाडीमा आगजनी गरेका थिए।

ग्वार्कोमा भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि अवस्था तनावपूर्ण हुँदा झडप भएको थियो।

झडपका क्रममा घाइते भएका दुई युवाहरूमध्ये एकको किस्ट र अर्काको पाटन अस्पतालमा ज्यान गएको हो।

किस्टमा दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुदन रावतको ज्यान गएको हो। भक्तपुरमा बस्दै आएका उनी आन्दोलनका क्रममा घाइते भएका थिए।

त्यसपछि आन्दोलित युवाहरूले नै उनलाई किस्ट अस्पताल लगेका छन्। जहाँ चिकित्सकहरूले उनलाई गोली नलागेको बताए। उनको छातीमा रातो डाम देखिएको छ भने शरीरका अन्य भागमा पनि चोट पाइएको थियो।

त्यसैगरी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पाटन अस्पतालमा ज्यान गएको छ।

गोली लागेपछि गम्भीर घाइते उनलाई उपचारका लागि पाटन अस्पताल पुर‍्याइएको थियो। जहाँ उनलाई चिकित्सकले मृत घोषित गरेका हुन्।

प्रहरीले अश्रुग्यास, गोली र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये डोटीका २२ वर्षीय युवक वीरेन्द्र शाहको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको