१० वर्षपछि विश्वकपको मैदानमा नेपाल : आज नेदरल्यान्ड्ससँग भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं – १० वर्षको पर्खाइपछि नेपालले आज टी ट्वान्टी विश्वकप क्रिकेट खेल्दै छ । नेपालकाे पहिलो खेल मंगलबार साँझ नेपाली समय अनुसार सवा ९ बजे नेदरल्यान्डसँग छ । काठमाडौंकाे मुलपानी क्रिकेट मैदानमा गत कात्तिकमा भएको एसिया छनोटमा नेपालले यूएईलाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपाल र ओमान एसिया क्षेत्रबाट विश्वकपका लागि छानिएका हुन् ।

नेपालले २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । नेपालले डालासमा आज मंगलबार खेलेपछि फ्लोरिडामा श्रीलंकासँग जुन ११, वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग समूह चरणका खेलहरू खेल्नेछ । नेपाल समावेश समूह ‘डी’ लाई ‘ग्रुप अफ डेथ’ सरह मानिएको छ ।

नेपालले श्रीलंका र दक्षिण अफ्रिकासँग भने पहिलो पटक खेल्न लागेको हो । एक महिनादेखि अमेरिका र वेस्ट इन्डिजमा रहेर नेपालले तयारी गरिरहेको थियो । मे पहिलो साता फ्लोरिडा आएको नेपालले त्यसपछि वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा दुई अभ्यास खेल खेलेको थियो । त्यसपछि अमेरिकाको ह्युस्टनमा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो । नेपाली टिमका स्टार स्पीनर सन्दीप लामिछानेलाइ अमेरिकाले प्रवेशका लागि भिसा नदिएपछि उनी भने जान पाएनन् । जुन नेपालका लागि खड्किन सक्नेछ ।

पछिल्ला १० दिनयता नेपाली टोली डालासमा छ । क्यानडासँगको अभ्यास खेलमा नेपाली टोली थकित देखिएको थियो भने प्रदर्शन पनि सन्तोषजनक हुन सकेको थिएन । तर प्रशिक्षक मोन्टी देसाईले भने नेपाल विश्वकपका लागि तयार भएको बताए । ‘हामीले यो एक महिनाको अवधिमा समय मिलाउन र यहाँको हावापानी र अवस्थासँग भिज्ने राम्रो मौका पायौं,’ प्रशिक्षक मोन्टीले भने, ‘नेदरल्यान्ड्ससँगको पहिलो खेलका लागि तयारी अवस्थामा छौं । यो दिनलाई हामी सबैले लामो समयदेखि पर्खिरहेका हौं ।’ नेपालका कप्तान रोहितकुमार पौडेलले विश्वकपमा पहिलो खेल नजिकै जाँदा उत्साह पनि बढ्दै गएको सुनाए । ‘पछिल्लो एक महिनादेखि हामी यतै आएर अभ्यास गरिरहेका छौं, यो अवधिमा हामीले यहाँको कन्डिसन राम्रोसँग बुझ्न पाएका छौं । विश्वकपअघि यो खाले प्रशिक्षण निकै जरुरी थियो,’ उनले थपे, ‘यसले हामीलाई थप एक्सपोज हुन सघाएको छ । हामीलाई विश्वकपका लागि तयार बनाएको छ ।’ कप्तान पौडेलले आफूहरूले उत्कृष्ट क्रिकेट खेलेर देश र फ्यानलाई गर्व गर्न सक्ने बनाउने विश्वास व्यक्त गरे ।

पहिलो पटक विश्वकपमा कप्तानी पारी खेल्न लागेका पौडेल ट्वान्टी–२० विश्वकपमा सबैभन्दा कम उमेरको कप्तानको रेकर्ड पनि रहनेछ । त्यसैगरी, नेपालकै गुल्सन झा सबैभन्दा कम उमेरका खेलाडी हुनेछन् । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भइरहेको यो संस्करण सहभागी राष्ट्र र पुरस्कार राशिका कारण पनि अहिलेसम्मकै ठूलो प्रतियोगिता हो ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको