अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा श्याल्पा गुम्बामा विशेष कार्यक्रम

काठमाडौं- अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४ को अवसरमा काठमाडौंको कपनस्थित श्याल्पा गुम्बामा युनिभर्सल पीस स्याङ्क्चुरीद्वारा आयोजित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विश्व शान्ति र एकताको प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको महत्त्व र युनिभर्सल पीस स्याङ्क्चुरीको मिशनलाई स्पष्ट पार्दै आज हामी शान्ति मनाउन मात्र होइन, हाम्रो उद्दश्यलाई वास्तविकतामा परिणत गराउन प्रतिबद्धता हुन पनि भेला भएका छौं भन्दै युनिभर्सल पीस स्याङ्क्चुरीका जीवनभरिका सदस्य सुनिल शक्यले स्वागत भाषणले स्वागत गरे ।

कार्यक्रमका अध्यक्ष श्याल्पा तेन्जिन रिन्पोचेले आफ्नो सम्बोधनमा प्रेम र करुणाको जगमा शान्ति स्थापना गर्नुपर्ने कुरालाइ जोड दिए । शान्तिको माध्यमबाट मात्र विश्वमा दिगो समाधानको खोजी गर्न सकिने उनले जोड दिए।  विभिन्न धर्मलम्बीहरुको आ आफ्ना गन्तव्य स्थान छन तर विस्श्वमा शान्ति अपरिहार्य छ र त्यो एक मात्र शान्तिको गन्तव्य मात्र नेपालको लुम्बिनी हो । विश्वमा नै लुम्बिनी एक मात्र शान्तिको गन्तव्य बनाउन विश्व शान्तिको धाम अर्थात युनिभर्सल पिस सन्क्चुरी निर्माणमा आफु लागि परेको पनि बताए।

कार्यक्रममा लुम्बिनीमा निर्माणाधीन युनिभर्सल पीस स्याङ्क्चुरीको प्रगतिको विवरणबारे जानकारी दिनुका साथै यस महत्त्वपूर्ण परियोजनामा सहयोग गर्ने सबै सहयोगी दाताहरुलाइ पनि धन्यवाद व्यक्त गरे।

कार्यक्रममा बुद्धनीलकण्ठ नगरपालिकाका मेयर विभिन्न देशका राजदूतहरू, कूटनीतिज्ञहरू, समाजसेवीहरू, र युनिभर्सल पीस स्याङ्क्चुरीका जीवनभरिका सदस्यहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

भगवान बुद्धकी आमा मायादेवीको जीवन र निस्वार्थ मायाको योगदानबारे विशेष चित्रण गरिएको मायादेवी साङ्गीतिक नाटक पनि प्रस्तुत गरियो । यस अवसरमा नेपालका परम्परागत सांस्कृतिक र संगीतका आकर्षक धुनले आतिथ्यलाई थप सत्कार गरिएको थियो।

शान्ति,करुणा र मानवीय समझदारीको माध्यमबाट मात्र युद्ध र द्वन्द्वको विकल्प खोज गर्न सकिन्छ र यहि युनिभर्सल पीस स्याङ्क्चुरीको मुख्य उद्देश्य रहेको पनि योजनाका मुख्य अगुवा श्याल्पा तेन्जिन रिन्पोछेले बताए ।

सिफारिस

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएका छन् । आगलागी, तातो पदार्थ, विद्युत्, रसायन तथा अन्य कारणबाट हुने जलनमा...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व गर्ने विभिन्न ट्रेड युनियनहरूले श्रमिक अधिकार, सामाजिक सुरक्षा तथा मर्यादित कामको सुनिश्चितताको माग गर्दै सरकारसमक्ष...

भर्खरै

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

धेरै पढिएको