देवी महर्जनलाई लायन्स क्लब अफ काठमाडौँ हिमचुलीको अध्यक्षको कार्यभार हस्तान्तरण

ललितपुर- लायन्स क्लब अफ काठमाडौँ हिमचुली २०२४ / २५ को अध्यक्ष देवी महर्जनलाई कार्यभार हस्तान्तरण गरिएको छ । सोमबार ललितपुरको सानागाउँस्थित नेवा: फल्चामा आयोजना गरिएको ‘Induction Installation’ कार्यक्रमकाबीच यसअघिका अध्यक्ष देबेन्द्र गुरुङले कार्यभार हस्तान्तरण गरेका हुन्।

कार्यभार हस्तान्तरणसंगै प्रमुख अतिथि डिस्ट्रिक गभर्नर डा. कमल बहादुर कायस्थले अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाई आफ्नो काम कर्तव्यबारे अवगत गराउँदै पद तथा गोपनियताको सपथसंगै लायनवादको मूलमर्म अनुसार आफ्ना परियोजना अघि बढाउन निर्देशन दिए ।

कार्यभार सम्हालेपछि कार्यक्रममा बोल्दै अध्यक्ष महर्जनले आगामी दिनमा क्लवले गर्ने योजना प्रस्तुत गर्दै सबैको साथ र सहयोगको अपेक्षा रहेको बताइन् ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै फस्ट भाइस डिस्ट्रिक गभर्नर विधान जोशीले अध्यक्ष महर्जनको टीमले लायन्स क्लब अफ काठमाडौँ हिमचुलीलाई अब्बल क्लब सावित गर्नेमा आफू आशावादी रहेको बताए ।

त्यस्तै डिस्ट्रिक को-चिफ एड्भाइजर तथा च्याप्टर प्रेसिडेण्ट अच्युत गुरागाईंले अहिलेसम्म हिमचुली लायन्सले गरिरहेका सामाजिक काम सबैका लागि उदाहरणीय भएको बताएका थिए ।

कार्यक्रममा डिस्ट्रिक गभर्नर डा.  कमल बहादुर कायस्थ, फस्ट भाइस डिस्ट्रिक गभर्नर विधान जोशी, सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर उत्तम प्रसाद कायस्थ, डिस्ट्रिक को-चिफ एड्भाइजर तथा च्याप्टर प्रेसिडेण्ट अच्युत गुरागाईं, डिस्ट्रिक लोकल गभर्मेन्ट तथा कर्पोरेट पार्टनरशिप कोअडिनेटर जितेन्द्रकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

सिफारिस

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ । हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत मनाइको सिन्दूर जात्रा सकिएको हो ।...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टि-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको...

माइतीघरमा नारा : गरिबको चमेली सुन दिने कोहि छैन (तस्वीरहरू)

काठमाडौं - अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक गरिएको...

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

धेरै पढिएको