मनोरञ्जनका लागि हात्तीलाई सास्ती दिएर खेलाइने हात्ती पोलो खेल हात्ती तथा पर्यटन महोत्सवबाट हटाइएको छ। महोत्सव आयोजक र पशु अधिकारकर्मीबीच महोत्सवको अघिल्लो दिन बुधबार राति हात्ती पोलो हटाउने विषयमा सहमति भएको हो।
‘आजको संयुक्त बैठक मार्फत गरेका निर्णयहरुले भविष्यका दिनमा हुने हात्तीप्रतिको अन्याय रोक्दै हात्ती मैत्री पर्यटन तथा जिम्मेवार र्यापर्यटन तर्फ समाजलाई डोर्याउने र पर्यटन क्षेत्रमा यो निर्णय अन्यखालका पशुहरुमाथि गरिने क्रुर व्यवहारप्रति पनि समाजलाई सचेत गराउँदै परिवर्तन गर्नलाई कोशेढुङ्गासाबित हुने आशा राखेका छौँ’, एनिमल राइट क्लब नेपालका संस्थापक अध्यक्ष सुराजन श्रेष्ठले निर्णयपछि भने।
हात्ती पोलो रोक्न भन्दै अभिनेत्री मनीषा कोइरालालगायतले सार्वजनिक रुपमा अपिल गरेका थिए।
बैठकले गरेका निर्णयहरु:
२०८१ साल पौष १० गते युनाइटेड हात्ती सञ्चालन सहकारी लिमिटेडका अध्यक्षको अध्यक्षतामा १८औँचितवन हात्ती तथा पर्यटन महोत्सवका संयोजक, क्षेत्रीय होटल संघ नेपाल चितवनका प्रतिनिधि, र पशुअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको संयुक्त बैठक बसी तपशिल बमोजिमका निर्णयहरु गरियो:
१) क्षेत्रीय होटल संघ नेपाल चितवन र युनाइटेड हात्ती संचालन सहकारी लिमिटेडको यो वर्षको हात्ती तथा पर्यटन महोत्सव तथा आगामी दिनमा हुने कुनै पनि खाले मेला महोत्सव तथा अन्य अवसरमा हात्ती पोलोनगर्ने निर्णय गरियो।
२) १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा हुने हात्तीका गतिविधिहरुमा पशु अधिकारको क्षेत्रमाकार्यरत संघसंस्था तथा अन्य पशु अधिकार कर्मीहरुले अवलोकन एवं परिवेक्षण गर्ने तथा सो को प्रतिवेदन बनाई हात्ती महोत्सव आयोजक तथा सह–आयोजकलाई बुझाउने यदि हात्ती मैत्री नभएको खण्डमाआवश्यक अनुरुप परिमार्जित गर्ने वा आवश्यक परेमा सो गतिविधि वा कार्यक्रम हटाउने निर्णय गरियो।
