डिभाइन युथ क्लब नेपालद्वारा साइकल र्याली 

काठमाडौं – आगामी हुन गैरहेको यहि साउन ३१ गते यस बर्षको श्रीकृष्ण जन्माष्टमी महोत्सवको पूर्वसन्ध्यामा डिभाइन युथ क्लब नेपालको आयोजनामा साइकल र्याली कार्यक्रम सम्पन्न भएको छ। युवाहरुमा अद्यात्मिक चेतना अभिवृद्धि र महोत्सवको प्रचार प्रसारलाई उद्देश्य बनाई आयोजना गरिएको उक्त र्यालीमा झण्डै २०० युवाको उत्साहजनक सहभागिता रहेको थियो।

साइकल र्यालीको आज बिहान ७स्०० बजे पशुपतिनाथ मन्दिर परिसरस्थित वनकालीको श्री कृपालु स्मृति उद्यानबाट श्री राधा माधव समिति नेपाल द्वारा शुभकामना दिदै शुभारम्भ गरिएको थियो। त्यसपश्चात र्यालीले बत्तीसपुतली, पुरानो बानेश्वर, डिल्लीबजार, सुन्धारा हुँदै ऐतिहासिक वसन्तपुर—हनुमानढोका परिसरमा प्रवेश गर्‍यो। वसन्तपुर आगमनको अवसरमा नेपाल स्काउट सिद्धिगणेश ओपन स्काउट तथा काठमाडौँ दरबार क्षेत्र पर्यटन प्रवर्द्धन संघद्वारा साइकल यात्रीहरुलाई भव्य स्वागत एवं मायाको चिनो दिई कार्यक्रममा हौशला प्रदान गरिएको थियो।

वसन्तपुर तथा पाटन कृष्ण मन्दिर परिसरमा आयोजित भजन, कीर्तन, नाचगान लगायतका सांस्कृतिक कार्यक्रमहरूले सम्पूर्ण वातावरणलाई भक्तिमय बनायो। उपस्थित स्थानीय बासिन्दा र भक्तजनहरू श्रीकृष्ण भजन, कीर्तन तथा अध्यात्मिक नृत्यमा रमाउँदै श्रीकृष्णप्रति समर्पित भावनामा तल्लीन देखिन्थे।

र्यालीको समापन टेकु, त्रिपुरेश्वर हुँदै पाटनको ऐतिहासिक कृष्ण मन्दिर परिसरमा भव्यताका साथ गरिएको थियो। यस अवसरमा डिभाइन युथ क्लब नेपालले सम्पूर्ण भक्तजन, स्थानीय बासिन्दा र सम्प्रेषित युवालाई यही श्रीकृष्णजन्माष्टमीको दिन श्याम(श्याम धाममा आयोजित विशेष धार्मिक कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा समेत दिएको छ।

यस वर्षको श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम भव्य रूपमा श्री भक्ति मन्दिर, श्याम श्याम धाम, राधे राधे, भक्तपुरमा आयोजना हुँदैछ। डिभाइन युथ क्लब नेपालले सम्पूर्ण श्रद्धालुजन, भक्त तथा समाजसेवीहरूलाई यस सैअक्ल र्यालीको मार्फत महोत्सवमा सहभागी भई लाभ लिन हार्दिक निमन्त्रणा गरेको छ।विगतका वर्षहरूमा पनि यसै स्थानमा हजारौं श्रद्धालु भक्तजनहरूले पूजा, दर्शन तथा भजन–कीर्तनमा सहभागी भई श्रीकृष्ण जन्मको पर्व अत्यन्त भव्यताका साथ मनाउँदै आएका छन्।

देशव्यापी आध्यात्मिक र सामाजिक अभियानमा अग्रसर

डिभाइन युथ क्लब नेपालले नेपालका आद्यात्मिक सन्त स्वमिश्री हरिदाजी द्वारा २०६७ सालमा गठित नितान्त अद्यात्मिक युवा कलब हो ि संस्थाले आफ्नो स्थापना कालदेखि नै देशभरका युवाहरूलाई समेट्दै अध्यात्म, नैतिक शिक्षा, सेवा भावना र संस्कृतिक संरक्षणमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। क्लबले विद्यालयस्तरीय जागरण कार्यक्रम, ध्यान शिविर, सार्वजनिक स्थान सरसफाइ, रक्तदान, वृक्षारोपण, तथा मानवसेवा सम्बन्धी विविध सामाजिक कार्यहरू समेत निरन्तर गर्दै आएको छ। यस्ता कार्यक्रमहरू मार्फत युवा पुस्तामा जीवनमा अध्यात्मको क्रियात्मक अभ्यास बढाउनुका साथै समाजप्रतिको उत्तरदायित्वबोध समेत विकास गराउन क्लब प्रतिबद्ध रहँदै आएको छ।

यस किसिमका आध्यात्मिक तथा सामाजिक गतिविधिहरूको माध्यमबाट युवालाई सकारात्मक जीवनदर्शन र सत्कर्मप्रतिको प्रेरणा दिँदै आइरहेको डिभाइन युथ क्लब नेपालप्रति विभिन्न सामाजिक अगुवा, आध्यात्मिक गुरुहरू तथा स्थानीय समुदायले प्रशंसा व्यक्त गर्दै शुभकामना दिएका छन्।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको