यस्तो देखियो सञ्चालनका लागि तयार भएको नागढुंगा सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं – सरकारले काठमाडौं उपत्यकासँग जोडिएको नागढुङ्गा सुरुङमार्ग यसपालिको दशैँमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

२.६ किलोमिटरको लामो सुरुङ २०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग २०८२ को असोजसम्म सञ्चालनमा आउने देखिएको छ।

नागढुंगा नाका काठमाडौं प्रवेशको मुख्य सडक हो। धादिङको सिस्ने खोलादेखि चन्द्रागिरिको बलम्बुको सट्टा सुरुङमार्ग प्रयोग गर्दा सडक २.५ किलोमिटर छोटो हुन्छ।

सुरुङमार्गमा आवागमन गर्नुपर्दा सवारी साधनले दस्तुर तिर्नुपर्ने छ। एक पटकमा कम्तिमा ६० देखि ६ सय रुपैयाँसम्म लाग्नेछ । जसअनुसार बाहिरबाट काठमाडौं आउँदा कार तथा भ्यानले ६५ र जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै मिनी बस र ट्रकले काठमाडौं आउँदा एक सय १५ र जाँदा ८०, बस र ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा दुई सय रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी भारी उपकरणहरु काठमाडौं आउँदा ६ सय र जाँदा दुई सय ५० रुपैयाँ तोकिएको छ ।

नागढुंगा सुरुङमार्ग जापानी सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपालको आफ्नै स्रोतमा निर्माण गरेको हो । सुरुङमार्ग निर्माणमा करिब २३ अर्ब रुपैयाँ खर्च हुँदैछ। जापानी निर्माण कम्पनी हाम्जा एन्ड कर्पोरेसनले ठेक्का पाएर निर्माण गरेको हो ।

 

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

भर्खरै

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

धेरै पढिएको