स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

अन्डर–११ छात्रतर्फ रातो बंगला स्कुल प्रथम, हिमशिखर स्कुल द्वितीय र रोजबड स्कुल तृतीय भए। अन्डर–११ छात्रातर्फ GEMS स्कुल प्रथम, रातो बंगला स्कुल द्वितीय र स्वस्तिश्री गुरुकुल तृतीय भए।

त्यसैगरी, अन्डर–१२ छात्रतर्फ राई स्कुल प्रथम, स्वस्तिश्री गुरुकुल द्वितीय र कोहिनुर स्कुल तृतीय भए। अन्डर–१४ छात्रतर्फ लोयल्टी एकेडेमी प्रथम, उज्ज्वल तारा स्कुल द्वितीय र रोजबड स्कुल तृतीय भए।

व्यक्तिगत विधातर्फ अन्डर–११ छात्रमा स्वस्तिश्री गुरुकुलका आर्नव राज भारती उत्कृष्ट खेलाडी, रातो बंगला स्कुलका सुबान्श श्रेष्ठ उत्कृष्ट गोलरक्षक तथा रातो बंगला स्कुलकै निर्विग्न ढकाल सर्वाधिक गोलकर्ता घोषित भए।

अन्डर–११ छात्रातर्फ पाठशाला नेपालकी सम्राज्ञी क्षेत्री उत्कृष्ट खेलाडी, स्वस्तिश्री गुरुकुलकी श्रीम खरेल उत्कृष्ट गोलरक्षक तथा रातो बंगला स्कुलकी शिखा सुबेदी सर्वाधिक गोलकर्ता घोषित भए।

अन्डर–१२ छात्रतर्फ राई स्कुलका योनातन राई उत्कृष्ट खेलाडी, स्वस्तिश्री गुरुकुलका समीर बोहरा उत्कृष्ट गोलरक्षक तथा कोहिनुर स्कुलका प्रमिक मगर सर्वाधिक गोलकर्ता घोषित भए। त्यसैगरी, अन्डर–१४ छात्रतर्फ उज्ज्वल तारा स्कुलका केशव काफ्ले उत्कृष्ट खेलाडी, लोयल्टी एकेडेमीका समर्पण सेढाईं उत्कृष्ट गोलरक्षक तथा रोजबड स्कुलका लक्ष्य श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए।

समापन समारोहको अध्यक्षता स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलकी प्रबन्ध निर्देशक मीना महर्जनले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य ललिता नाथ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

विशेष अतिथिका रूपमा नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अञ्जना राना मगर, NSSF का संस्थापक अध्यक्ष प्रदीप जोशी, NSSF का उपाध्यक्ष तथा ब्राइट फ्युचर स्कुलका संस्थापक अध्यक्ष मोहन कार्की र राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष शिव कोइराला ‘ज्वाला’को उपस्थिति रहेको थियो।

समारोहमा विद्यालयकी प्राचार्य नेहा के.सी.ले प्रतियोगिताका सम्पूर्ण विजेता तथा सहभागी खेलाडीलाई बधाई ज्ञापन गर्दै प्रतियोगिता सफल बनाउन योगदान पुर्‍याउने सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक तथा सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।

त्यसैगरी, अञ्जना राना मगरले युवा तथा उदाउँदा फुटबल खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न, प्रतिस्पर्धाको अनुभव हासिल गर्न र खेलकुद क्षेत्रमा अघि बढ्न महत्वपूर्ण अवसर प्रदान गरेकोमा स्वस्तिश्री गुरुकुल विद्यालयप्रति आभार व्यक्त गर्नुभयो।

समापन अवसरमा विभिन्न विधाका विजेता तथा उत्कृष्ट खेलाडीलाई मेडल तथा ट्रफी वितरण गरिएको थियो। मेडल तथा ट्रफी वितरणसँगै ८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ औपचारिक रूपमा सम्पन्न भएको हो।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको