नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ।

प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले विजेता टोलीलाई २० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी दिए। उनका अनुसार प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। बाँकी १२ लाख रुपैयाँ उपविजेता टोली, सात विधाका उत्कृष्ट खेलाडी तथा प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई प्रदान गरिनेछ।

पत्रकार सम्मेलनमा एनभीएलको मस्कट, थिम गीत तथा प्रायोजकहरू पनि सार्वजनिक गरिएको थियो। नेपालको राष्ट्रिय चरा डाँफेलाई प्रतियोगिताको मस्कट बनाइएको छ। मस्कट रोनिश सुब्बाको डिजाइनमा तयार गरिएको हो भने थिम गीत अविन शाक्यले कम्पोज गरेका हुन्।

एनसेल ‘कनेक्टेड बाइ’ रहेको प्रतियोगितामा यती कार्पेट फ्लोरिङ पार्टनर, वल्र्डलिंक इन्टरनेट पार्टनर, डीएभी स्कुल एजुकेसन पार्टनर, हिमालयन लाइफ इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर, नेपाल पर्यटन बोर्ड टुरिजम पार्टनर, रझान्स आयल हेल्थ पार्टनर र एक्स–एज डिजिटल पार्टनरका रूपमा रहेका छन्।

प्रबन्ध निर्देशक केडियाले प्रतियोगितामा सहभागी सबै टोलीले उत्कृष्ट स्वदेशी तथा विदेशी खेलाडी अनुबन्ध गरेकाले प्रतियोगिता प्रतिस्पर्धात्मक र उच्चस्तरीय हुने विश्वास व्यक्त गरे। अन्य प्रायोजकहरू पनि थपिने क्रममा रहेको उनले बताए।

एनभीएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायले प्रतियोगितामार्फत बाढी प्रभावितलाई सहयोग गर्ने वातावरण बनाउन पहल गरिने बताए। उनले प्रतियोगिताको पहिलो दिन बिक्री हुने टिकटबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिए। देश बाढीका कारण संकटमा रहेकाले प्रतियोगिताको उद्घाटन समारोहलाई सामान्य बनाइने उनको भनाइ छ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बाढी प्रभावितको सहयोगमा केडिया ग्रुपले देखाएको अग्रसरता प्रशंसनीय रहेको बताए। उनले नेपालको राष्ट्रिय खेल भलिबललाई व्यावसायिकतातर्फ अघि बढाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्ने एनभीएलमा छ टोली सहभागी हुनेछन्। सहभागी टोलीले सिंगल राउन्ड रोबिन लिगमा एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। लिगको शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता भदौ १९ देखि २८ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुनेछ।

सिफारिस

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका...

भर्खरै

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

धेरै पढिएको