गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ।

क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा एसिया रग्वीका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एवं नेपाल रग्वी संघका संस्थापक अध्यक्ष टंकलाल घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा नेपाल रग्वी संघका अध्यक्ष दीपक देवकोटा, वरिष्ठ अध्यक्ष चेतन राजगिरी, महासचिव गोविन्द घिमिरे, कोषाध्यक्ष दीपक अधिकारी, रग्वी एजुकेटर टंकराज गिरीलगायतको उपस्थिति थियो। त्यसैगरी गोर्खाली रग्वी क्लबका उपाध्यक्ष कृष्ण क्षेत्री, सार्दुल श्रेष्ठ, कोषाध्यक्ष श्रीराम श्रेष्ठ, सदस्यहरू राधिका शाक्य र ज्योती श्रेष्ठलगायत क्लबका पदाधिकारी तथा खेलाडीहरूको सहभागिता थियो।

साधारण सभामा बागमती प्रदेश रग्वी संघका सचिव अनन्त श्रेष्ठलगायत विभिन्न प्रदेश तथा क्लबका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। सभाले क्लबको गतिविधि तथा आगामी कार्ययोजनामाथि छलफल गर्दै सन्तोष श्रेष्ठ, तारा तामाङ र विवेश बाशुलाई नयाँ सदस्यका रूपमा मनोनयन गरेको छ।

साधारण सभामा क्लबले हालसम्म सञ्चालन गरेका कार्यक्रम तथा प्रतियोगिताको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमसमेत सार्वजनिक गरिएको छ। क्लबका सचिव प्रेम कोइरालाका अनुसार आगामी दिनमा विभिन्न विद्यालयमा रग्वी प्रशिक्षण सञ्चालन गर्ने, गोर्खाली रग्वी सेभेन्स प्रतियोगिता आयोजना गर्ने, गोर्खाली रग्वी फेस्टिभल सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरूलाई सहभागी गराउने योजना रहेको छ।

क्लबले रग्वी खेलको विकास, विद्यालयस्तरदेखि खेलाडी उत्पादन तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपाली रग्वीको प्रतिनिधित्व बढाउने उद्देश्यसहित आफ्ना गतिविधिलाई थप विस्तार गर्ने जनाएको छ।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको