गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ।

क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा एसिया रग्वीका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एवं नेपाल रग्वी संघका संस्थापक अध्यक्ष टंकलाल घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा नेपाल रग्वी संघका अध्यक्ष दीपक देवकोटा, वरिष्ठ अध्यक्ष चेतन राजगिरी, महासचिव गोविन्द घिमिरे, कोषाध्यक्ष दीपक अधिकारी, रग्वी एजुकेटर टंकराज गिरीलगायतको उपस्थिति थियो। त्यसैगरी गोर्खाली रग्वी क्लबका उपाध्यक्ष कृष्ण क्षेत्री, सार्दुल श्रेष्ठ, कोषाध्यक्ष श्रीराम श्रेष्ठ, सदस्यहरू राधिका शाक्य र ज्योती श्रेष्ठलगायत क्लबका पदाधिकारी तथा खेलाडीहरूको सहभागिता थियो।

साधारण सभामा बागमती प्रदेश रग्वी संघका सचिव अनन्त श्रेष्ठलगायत विभिन्न प्रदेश तथा क्लबका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। सभाले क्लबको गतिविधि तथा आगामी कार्ययोजनामाथि छलफल गर्दै सन्तोष श्रेष्ठ, तारा तामाङ र विवेश बाशुलाई नयाँ सदस्यका रूपमा मनोनयन गरेको छ।

साधारण सभामा क्लबले हालसम्म सञ्चालन गरेका कार्यक्रम तथा प्रतियोगिताको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमसमेत सार्वजनिक गरिएको छ। क्लबका सचिव प्रेम कोइरालाका अनुसार आगामी दिनमा विभिन्न विद्यालयमा रग्वी प्रशिक्षण सञ्चालन गर्ने, गोर्खाली रग्वी सेभेन्स प्रतियोगिता आयोजना गर्ने, गोर्खाली रग्वी फेस्टिभल सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरूलाई सहभागी गराउने योजना रहेको छ।

क्लबले रग्वी खेलको विकास, विद्यालयस्तरदेखि खेलाडी उत्पादन तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपाली रग्वीको प्रतिनिधित्व बढाउने उद्देश्यसहित आफ्ना गतिविधिलाई थप विस्तार गर्ने जनाएको छ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको