काठमाडौं – काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज बिहान ९ः१३ को साइतमा घटस्थापना गरिएको छ । सो अवसरमा नेपाली सेनाको टोलीले मंगल धुन बजाएर हर्षोल्लास मनाएको थियो ।
शास्त्रीय परम्परा अनुसार पूजा कोठामा गाईको गोबरले लिपपोत गरी जौं छरिन्छ र त्यसैको अंकुरणलाई जमरा भनिन्छ । घटस्थापनासँगै नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरी दैनिक बलि दिने परम्परा छ ।
यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ । टीकाको शुभ साइत ११ः५३ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।