अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगको पहिलो संस्करणको विजेता बन्यो । अन्नपूर्णले कर्णालीलाई २५–१५, २५–२० र २५–१८ ले हराउदै राउन्ड रोविनमा व्यहोरेको हारको बद्ला पनि लियो । अन्नपूर्णका उरनबयार मुंखबयार ‘म्यान अफ द म्याच’ घोषित भए । उपाधिसंगै अन्नपूर्णले २० लाख तथा कर्णालीले ५ लाख नगद पुरस्कार हात पारे ।

अन्नपूर्ण लिगको आफ्नो खेलमै कर्णालीसंग १–३ ले चुकेको थियो । अन्नपूर्णले त्यसपछिका चारै खेलमा भने नतिजा आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गरेको थियो । अन्नपूर्ण १२ अंकसाथ लिगमा शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो ।

लिगमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–०, मधेश वारियर्सलाई ३–१, खप्तड फाल्कन्सलाई ३–० र सगरमाथा स्म्यासर्सलाई ३–१ ले हराएको थियो । कर्णालीले फाइनल पुग्न काठमाडौंसंग प्लेअफ खेलेको थियो । उक्त खेलमा कर्णालीले ३–१ ले बाजी मार्दै अन्नपूर्णसंग फाइनल भेट पक्का गरेको थियो । लिगमा कर्णाली ११ अंक तथा काठमाडौं १० अंकसाथ प्लेअफमा प्रवेश गरेका थिए । प्लेअफ पुग्ने २ टोलीले फाइनल पुग्न खेल्नु पर्ने प्रावधान थियो ।

व्यक्तिगत उत्कृष्ट खेलाडी विधाको पुरस्कारमा पनि अन्नपूर्णको वर्चस्व रह्यो । ७ मध्ये ४ व्यक्तिगत उत्कृष्ट खेलाडी विधाको पुरस्कार अन्नपूर्णका खेलाडीले जिते । अन्नपूर्णका उरनबयार मुंखबयार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुँदै १ लाख नगद पुरस्कार हात पारे ।

अन्नपूर्णका तुरमाण्डख गाँखुयाग उत्कृष्ट सर्भर र सेटर तथा अन्नपूर्णकै एन्ख–एर्देने जार्गाल्ट्सोत उत्कृष्ट अपोसिट हिटर चुनिए । त्यस्तै, कर्णालीका विनोदबहादुर चन्द उत्कृष्ट लिबेरो, मधेश वारियर्सका रविन नगरकोटी उत्कृष्ट मिडिल ब्लकर र काठमाडौंका अहमद मुस्ताफा खान उत्कृष्ट आउटसाइड हिटर बने । सबै उत्कृष्टलाई ५० हजारका दरले पुरस्कृत गरिएको थियो । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ जनही २० हजार नगदबाट पुरस्कृत भए ।

विजेतालाई राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडिया र प्रबन्ध निर्देशक अश्विन केडिया, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, राखेपकी सदस्य ललिता नाथ, एक्सट्रिमकी विजनेस हेड सोनिया राना, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय, नेपाल भलिबल लिगका सीओओ विकास खेतानलगायतले पुरस्कृत गरे ।

उपाध्यक्ष श्रेष्ठले लिगले खेलाडीलाई मात्र नभइ समग्र भलिबललाई व्यवसायीक रुपमा अगाडि बढाउन मद्दत पुगेको धारणा राखे ।केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले लिगको नारा ‘उचाइको नयाँ उडान’ जस्तै हरेक क्षेत्रमा उचाइको नयाँ उडान आवश्यक रहेको बताउदै लिगलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

केडिया ग्रुपका प्रबन्ध दिर्नेशक अश्विन केडियाले लिगले गर्दा भलिबलको राम्रो महोल बनेको धारणा व्यक्त गर्दै सबैको साथ र सहयोगले लिग सफल भएको बताए ।नेपाल भलिबल संघका अध्यक्ष चन्दले निजी क्षेत्रसंग पनि सहकार्य गरी सबैले आ–आफ्नो खेलको विकास र विस्तारमा ध्यान दिन आवश्यक रहेको बताउदै भलिबललाई यो उचाइसम्म पु¥याउन निजी क्षेत्रसंगै दर्शकको पनि उत्तिकै महत्वपूर्ण योगदान रहेको बताए ।

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित लिगको पहिलो संस्करणमा ६ पुरुष टिम सहभागी थिए ।नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको थियो । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो ।
कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको