कथा : ‘बदला’

एक्सक्यूज मी, मे आइ सिट हिअर?

नो, केटीले नफर्की जबाफ दिई।

बिबशले पनि

प्रतिप्रश्न गर्यो, ह्वाइ ?

आई हेट मेल। केटिले उसै गरी जवाफ दिई।

खाली सिटमा बस्ने अनुमति नपाएपछि बिवश बसेन। खाली सिटमा नबसेर बिवश आफैले गल्ती गर्यो कि सहि, तर उसले अनौठो अनूभूति गर्यो। त्यसपछि उ जर्बजस्ती बसेन। उसलाई लाग्यो, शिष्टता देखाउन खोज्दा अपमान ? उ उभिरह्यो । उसले यो स्थिति भोगेको पहिलो हो । बस्न दिएको भए के हुने थियो र ? अनपेक्षित स्थितिको सृजना गरिदिई केटिले ।

त्यसपछि तीन जना केटाहरु बसमा चढे । केटीसित तीनै सवाल जवाफ भए । ती केटाहरुको हाल पनि बिवशको जस्तै भयो । केटाहरु बिवशसितै उभिए ।

पछि एकजना महिला चढिन् । केटिले नै हास्दै आफैतिर तानेर बस्न अनुरोध गरिन् ।

केटाहरु कानेखुसी गर्न थाले । बिवश पनि मिसियो त्यसमा । लाग्यो,केटीलाई केटाफोयिबा भएको छ । चारैजना गलललल हासे । सबैले उनीहरु तिरै हेरे । केटीले पनि । बिवशको नजर त्यही केटीमा प¥यो । अस्ति त्यो केटी मिनभवनमा भेटिएकी थिई ।

बिवशलाई सूर्यबिनायक झर्नु थियो । उ झर्यो । संयोग नै थियो कि,त्यो केटि पनी त्यहीं झरि । केटिप्रति झनै कौतुहल चुलियो बिवशको , र बोलायो बिवशले । हेलो सिस्टर !

हाई, केटिले पछाडी फर्किएर प्रतिकृया दिई ।

म बिवश, घर रामेछाप । उसले छोटो परिचय दियो ।

रामेछाप भनेपछि केटीले नजर टठिलो बनाएर सोधी, कहाँ नेर ?

माथि रामेछाप बजार नै हो ।

तपाई श्रेष्ठ हो ? केटीले आश्चर्य मानेर सोधी ।

हो, के रामेछापमा कसैलाई चिन्छौ ?

चिन्दिन । तर चासो लाग्छ। रोमीले केहि टर्रो स्वरमा भनि ।

म रोमी । घर गोरखा । केटीले पनि आफ्नो परिचय दिई।

परिचयसंगै बिवशले आफ्ना बारेमा बतायो । र केटीले पनि ।

रामेछापसित पुरानो लेनदेन छ । धेरै लिनु र थोरै दिनु छ । के हामी एकअर्कोको साथी बन्न सक्छौ ? केटीले प्रस्ताव गरी ।

अवश्य, म तिम्रो लेनदेनमा सहयोग गरौँला । बिवशले भन्यो ।

उनीहरुले मोबाईल नं आदानप्रदान गरे । दिनहरु बित्दै गए । दुबैको भेटघाट बाक्लियो । रोमीले बिवशको मनमा ठाउँ बनाउन थाली । बिवशले रोमीको ।

बिवशले एकदिन रोमीलाई शान्तिनगरको कोठामा बोलाउदै लोकेशन पनि बतायो ।

रोमी बिवशले दिएको लोकेशनको आधारमा शान्तिनगरमा बिबशको कोठाको ढोका अगाडि नै पुगी ।

हेलो बिवश, रोमीले ढोका ढक्ढक्याउदै बोलाई ।

बिवशले ढोका खोल्यो । रोमी रहिछे ।

हाई रोमी ।

लोकेशन बताएकै भरमा आईपुग्यौ ? अचम्म मानेर सोध्यो बिवशले ।

आउनु परेन त ? आफूलाई चाहिएपछि । उसले हास्दै जवाफ दिई ।

त्यस्तो के चाहियो र ?

दुबै जना हासे ।

त्यस्तो केहि हैन बिवश, मात्र तिम्रो सहयोग चाहिएको हो ।

दुबैले आआफ्ना बर्तमानका कुरा गरे । परिचय थप बलियो बनाए ।

बिवश ह्वाईट हाउस कलेजमा अध्यापन गर्छ ।

बाबू नेपाली सेनाका जागिरे थिए । काठमाण्डौ छँदा खराब साथीको संगतमा लागेर गाउँ, घर र परिवार बिर्सिए । आमाले एउटी बहिनीलाई धेरै दुखले हुर्काएर पढाइन् ।

बिवशले गाउँमा बैनीको विवाह भैसकेको र आमा एक्लै भएको कुरा बतायो । रोमीले आफु मामाघरमा बसेर मिनभबन क्याम्पसमा ब्याच्लर पढ्दै गरेको बताई । साझ पर्न लागेको थियो । बिवश खाना बनाउन किचेन छि¥यो । रोमीको नजर एउटा एल्बममा प¥यो । एल्बम पल्टएर हेरी । उसको नजर एउटा भयानक तस्बिरमा प¥यो ।

यो मान्छे यही मान्छे हो, जसको गालामा ठुलो कोठी र निधारमा लाम्चो खत थियो आँखा केहि चिम्सा र आँखिभौ झूसिला थियो । रोमीको दिमागमा बालस्मिृतिहरुले हमला गरे । उनलाई पिडा भयो । मन दुख्यो र त्यो दृष्य ताजा भएर आयो । आजभन्दा १३ बर्ष पहिलाको त्यो बिकराल दिन । रोमी सम्झन पनि चाहान्न ।

बिवशले खाजा लिएर आयो । रोमीले हत्त न पत्त एल्बम राखी र आँखाको आशु लुकाउने कोशिस गरी तर वास्तबिकता लुकेन । बिवशले रोमीको आँखाको भाषा बुझेर सोध्यो, रोमी, तिमीलाई के भयो ?

हैन केहि भएको छैन । बित्नुभएकी आमाको यादले थोरै छोयो । रोमीले जवाफ दिई ।

के मेरो एल्बममा तिम्री आमाको फोटो छ र ? कसरी याद आयो ? थोरै हास्दै चियाको गिलास रोमीलाई दिदै बिवशले भन्यो ।

रोमी, जीवन यस्तै हो । जीवनको यात्रामा आरोह अवरोह आईरहन्छ । मेरो पनि बुबा हुनुहुन्छ तर मरेको बाँचेको थाहा छैन । आजभन्दा पन्ध्र बर्ष पहिले जागिरको शिलशिलामा काठमाण्डौमा छँदा एउटी महिलालाई बलात्कार गरि हत्या गरेको अभियोगमा जागिरबाट निकालिएपछि बिरत्तिएर बिदेश भासिनु भयो । त्यसपछि कता हुुनुहुन्छ केहि थाहा छैन ।

साँझ परिसकेको थियो । रोमीले उठ्दै भनि, बिबश म जान्छु बेलुका मेरो डिउटी जानुछ । रोमी हतारिएको हाउभाउमा उठ्दै भनी ।

बिबशले रोमीको डिउटीको बारेमा सोधेनन् । सायद आबश्यकता ठानेनन् या रोमी हतारमा थिई । रोमी गएपछि बिवशले खाना तयार ग¥यो । रोमी को हो? कसरी भेट भई ? किन भेट भई ? यो सबै प्रश्नहरु उसले छेबैको ऐनालाई सोध्यो। सायद ऐनाले जवाफ दिएछ क्यारे,उ प्रोमिल मुस्कानले ऐनालाई जवाफ दियो । सायद ऐनामा रोमी थिई कि ? जे भएपनि विबशको जीवनमा रोमी बहार बनेर आई र यो बिवशको लागि नौलो थियो । उसले फेरी ऐनालाई सोध्यो, रामेछापका बारेमा बुझेको छु भन्छे, तर केहि भन्दिन ? उसले यसै जिज्ञासा ऐेनालाई सोध्यो तर ऐनाबाट जवाफ पाएन । बरु उल्टै ऐनाले विवशलाई प्रश्नको भाबमा प्रश्न गरिरह्यो ।

तर बिवश र रोमीको जहिले जतिबेला भेट भएपनि आफ्नो बारेमा रोमीले बिवश सामू केहि कुरा कहिल्यै खोलिन ।

काठमाण्डौको बसाई भरी दुबैको भेटघाट र बोलचाल प्रायः दिनदिनै हुनथाल्यो । रामेछाप बजारमा घर र श्रेष्ठ थर किनकिन रोमीलाई बिवशको महत्व बढेर आउन थाल्यो । रोमीले उ मार्फत जीवनको अन्तिम लक्ष्य तय गर्न थाली । लक्ष्य प्राप्तिको माध्याम विबशसितको वैवाहिक समन्ध बन्न पुग्यो ।

रोमी किन बिबशसित समन्ध गाँस्न चाहिरहेकी छ ? विबशसितको पहिलो बोलचालमै उसले आई हेट मेल भनिसकेकी थिई तर फेरी विवाह मेल सितै ? हुन त मन नपर्ने वस्तुहरु नजिकमा नराख्ने भन्ने हैन । मन नपर्ने कुराहरुले पनि जीवनमा धेरै महत्व राख्छ । मान्छेको मूड हो, मन नपरेको बस्तु कतिबेला मन पर्छ थाहा हुँदैन । रोमीले मेलसित कहिल्यै कुनै समन्ध राख्दिन भनेकी हैन, मात्र मेल मन पर्दैन भनेकी हो । बिवशले आफूले यस्तै तर्क गरेर आफूलाई सम्झायो ।

बिवशको मोबाईलका म्यासेजको घन्टी आयो । रोमीले भनि, बिवश नराम्रो मान्दैनौ भने एउटा कुरा भन्छु ।

अँ भन न ।

म तिमीलाई आई लभ यू भन्छु नरिसाउ ल ? तिम्रो जबाफ के छ ? मेरो प्रस्तावलाई स्विकार्छौ भने भोलि बानेश्वरमा भेटौ ।

आस्थाले सजिसजाउ भएको मनमन्दिरमा देउता राख्न मात्र बाँकी थियो बिवशले । त्यसमा पनि देउता आफैँ आएर बस्ने चाहना गरेपछि भक्तले देबताको लागि धेरै भजन गईरहनु नपर्ने कुरा बिवशले बुझ्यो ।

बिवशले जबाफ फर्कायो, स्विकार ।

भोलीपल्ट बिवशले रोमीलाई बानेश्बरमा भेट्यो ।

हो बिवश, मलाई मेरो जीवनको अन्तिम मिसन पुरा गर्नु छ । विवाह नै मेरो जीवनको अन्तिम लक्ष्य बन्यो । मेरो जीवनको लागि तिमी उपयुक्त छौ । म अब मामाघरमा धेरै बस्न सक्तिन । मेरो परिवारको एउटा ठूलो रिण चुक्ता गर्नुछ । के तिमी मलाई साथ दिन्छौ ?

रोमीले आफूप्रति देखाएको व्यवहार बिवशलाई अनपेक्षित लाग्यो । विबश र रोमीबिचमा मायाप्रतिको बारेमा यो भन्दा पहिला हाँसो ठट्टा नभएको हैन । तर ति सबै फाल्तू भए । रोमीको अनपेक्षित निर्णयले बिवश रनभूल्लमा प¥यो । बिवशले आफुलाई सोध्यो, रोमीको जीवनमा त्यस्तो कुन मोड आईपुग्यो र उ बिहे गर्न बाध्य भई ? यो पनि उसको ठट्टा त हैन ? हुन त रोमीको यो निर्णय विबशको लागि यो बेला सत्य नै भएपनि अनपेक्षित छ र ठट्टा नै भएपनि अनपेक्षित नै हुनेछ । बिवशले फेरी आफैँलाई सोध्यो, बानेश्वरको फुटपाथमा एकमूठा साग किन्दा त बिचार गर्नुपर्छ । यो त एकले अर्कोसित जीवन बिताउँने कुरा हो ।

हुन त बिवशले रोमीलाई भित्रभित्र चाहन थालेको थियो । बिवश हिँड्ने तर्खरमा थियो । रोमीले भनी, जीवन बाँच्नको लागि एक्लो हुँदा समयसित सम्झौता गर्नुपर्छ । तर बिहेपछि दुईजनामा सम्झौता गर्नुपर्छ । तर मलाई लाग्छ, हामीमा कुनै सम्झौता हुनेछैन । र गर्नु पनि पर्दैन । हामीले समझदारीमा जीवन जिउनुपर्छ ।

बिवश केहि बोलेन । उसलाई पनि रोमी भित्रभित्रै मन पर्दै आई । घरमा आमा एक्लै हुनुहुन्छ । साथी त हुन्छ नि । उसले मनमनै सोच्यो । लामो मौनता पछि उ बोल्यो,

घरमा मेरी एउटी आमा हुनुहुन्छ, उहाँसित सल्लाह गर्नुपर्छ । म भोलि घर गएर यतैलिएर आउँछु ।

रोमीले बिबशको कुरालाई खासै ध्यान त दिईन तर चासो नदिएरै पनि हुन्छ भन्ने भावमा मुन्टो हलाउँदै भनि–

हुन्छ । लिएर आउ तर हामी छिटै विवाह गर्नुपर्छ ।

बिवश भोलिपल्ट घर गयो । घरमा बैनीको बिहे गरेपछि आमा एक्लै हुनुहुन्छ । छोराको बिवाह गरिदिएर आफ्नो कर्तव्य  पूरा गर्ने आमाको चाहना पहिलेकै हो ।

बिवशले आमालाई आफ्नो बिहे गर्ने कुरा बतायो । केटी आफैँले हेरेको कुरो ग¥यो । बिवशको कुरा सुनेर आमाले भन्नुभयो, यो हाम्रो समय हैन । तँ आफैँ पढेको र बुझेको छस् । राम्रो रुप ब्यबहार र संकार भएको केटी हेरेको होलास् । जीवन बिताउँने तैले हो । राम्रो होस् । म के भनौ । तैले गरेको निर्णयमा म बिरोध गर्दिन ।

बिवाह काठमाण्डौमा नै हुने भयो । बिवशले आमालाई पनि काठमाण्डौमा ल्यायो । डेरामा बसेर मन्दिरमा बिहे हुने भयो । बिवशले ऋण गरेर रोमीका लागि गहना किन्यो । उसो त रोमीलाई गहनाको त्यति ठूलो शोख हैन तरपनि किनिदिनै प¥यो । बिवशले रोमीलाई डेरामा भित्रायो । रोमीलाई बेहुलीको पहिरनमा देख्दा बिबशलाई रमाईलो लाग्यो । पल्लो कोठामा आमा सुत्नुहुन्छ । बेलुका बिवशलाई रोमीको समिपमा जानलाई अप्ठ्यारो महशूस ग¥यो । सूत्रपनि जानेन । न त रोमीले नै सूत्र सिकाईन् । न त बिवशले नै जान्यो । खै किनकिन बिवशलाई रोमीको समीप जान अप्ठेरो लाग्यो । जानेन । समीप नजाँदा बिवशको पुरुषत्व गुम्ला भन्ने डर ।

सूत्र पहिल्याउँदै विबश रोमीको खाटमा गयो । रोमी पछि सरी । विबशलाई शंकाले जलायो । उसले मनलाई सोध्यो, हैन किन यस्तो प्रतिकृया दिई रोमीले ? सुरुमा लोकाचार त देखाउँनै प¥यो नि । कहाँ झ्याम्म हाम फाल्छन् त केटासित ? उसले सोच्यो ।

ऊ आँट गरेर अगाडी बढ्यो । रोमी पछि हटी र भनी, आई हेट मेल ।

यो शब्द विबशको कानमा भिर बनेर पस्यो । यसको उसले अपेक्षा गरेको थिएन । छाँगाबाट खसेको महशूस ग¥यो । उसलाई रोमीउपर शंका ग¥यो,रोमी समलिंगि त हैन ?

आई हेट मेल । यहि शब्द उसले पहिलो पटक गाडीमा सुनेको थियो । तर त्यसलाई गम्भिर रुपमा लिएको थिएन । अविवाहित केटीले यसो भन्नुलाई नौलो ठानेन । अहिले रोमीको मुखबाट यहि शब्द सुनेपछि उनको समिप जाने र हिसाब नमिल्ने थप शुत्र खोजेन । उ मनमा अनेक कुरा खेलाउँदै अर्को खाटमा गएर पल्टियो ।

आई हेट मेलको प्रभाव उनीहरुको जीवनमा लामो समयसम्म रह्यो । दुबैमा खटपट सुरुभए पनि रोमीले सासुसित राम्रै व्यबहार गर्थी या भनौ, फिमेलसित राम्रै व्यबहार गर्थी ।

बिबशकी आमालाई शहरी हावा पानी, रहनसहन र खानपिन मिलेन । छोरा बुहारी जागिरमा जाँदा दिनभरी एक्लै बस्दा दिक्दार लाग्यो । एकदिन छोराबुहारी जागिरमा गएको बेला आमा कोठाको बरन्डामा बेहेश भएर लडिछिन् । छिमेकीले छोरा बुहारीलाई बोलाएर हस्पिटल लगिदिए । डाक्टरले आमाको प्रेशर बढेकोले जुनबेला पनि मुटुलाई असर गर्ने हुँदा एकजनाले घरमै बसेर हेरविचार गर्नुपर्ने बताए । दुबैको जागिर थियो । समस्या दुबैमा थियो । आमाको हेरबिचार गर्न बिवशले रोमीसित सल्लाह गर्ने बिचार ग¥यो । रोमी रुममा पढिरहेकि थिई । विबश खाटको छेउका गएर बस्न खोज्दै थियो ।

विबश, आई हेट मेल बिवश । तिमी तल बस ।

बिबशले रोमीको आज्ञा पालन गर्दै तल बसेर भन्यो, रोमी, आमा विरामी हुनुहुन्छ । तिमीलाई पनि थाहा छ कि आमालाई डाक्टरले एक्लै नछोड्नु भनेको छ । मैले भन्दा तिमीलाई घरको व्यबहार थाहा छ । आमाको लागि भएपनि तिमीले जागिर छोड ।

विबशको कुरा सकिन नपाउँदै रोमी चिच्याई । विबश,तिमी यो के भन्दैछौ । म तिम्री आमाको लागि पढाई र जागिर लिलाम गरु ?

बिवशले पहिलो पटक संझौता बिनाको विवाहको झड्का यहाँनेर मशसुस ग¥यो । विना सम्झौता विवाह गर्नेकुरा रोमीले बानेश्वरमा गरेकी थिई ।

मेरो भबिश्य तहसनहस नबनाउ । यो हुदैन । हुनै सक्दैन । तिम्री आमाको लागि तिमी जागिर छाड । के पुरुषले घरको काम गर्न हुदैन ? महिलाले मात्र गर्नुपर्ने हो ? दुबैमा बिवाहको दिनदेखि खटपट सुरु भएपनि रोमीबाट यतिसम्मको ब्यवहारको आशा गरेको थिएन बिवशले । रोमी यसरी चिच्याएकी पनि थिईन । रोमीसितको असमझदारीले बिवश जागिर छोड्न बाध्य भयो । उसले आमाको हेरबिचारमा घरमै समय बिताउन थाल्यो । समयहरु यसरी नै गुज्रिन थाल्यो । लोग्नेस्वास्नीको बिचमा नाताको मात्र समन्ध रह्यो । माया र भाबनामा हैन । कोठामै बसिरहने भएर छोराबुहारीको ब्यवहारिक समन्धको बारेमा आमालाई खासै केहि थाहा भएन । रोमी बिहानै कलेज जान्थी । आएर बिवशले पकाएको खाना खान्थी ।

एकदिन रोमीले एकबाटा कपडा बिवशसामू ल्याएर दिदै भनी, भोलिदेखि  मेरो परिक्षा छ, पढ्नु छ, तिमी यो कपडा धोउ र खाजा तयार गर । मलाई सारै भोक पनि लागेको छ ।

हुन्छ रोमी । उसले यतिमात्र जवाफ दिने आँट ग¥यो । औपचारिकता देखाउँदै बढि बोल्ने स्थितिमा थिएन बिवश । बिवश कपडा धुन थाल्यो बाटामा सबैखाले सादा र रंगिन कपडाहरु थिए । लुगा धुँदै गर्दा बाटाको पानीमा रातो रंग देखिदै आयो । बाटामा एउटा भित्रि बस्त्र पनि थियो । बिवशले बुझ्यो, रोमी मिन्स भएकी रैछ ।

रोमीले जस्तो व्यबहार गरेपनि रोमीप्रति बिवशको मायाँ र भरोसा थियो । रोमीसितको सम्बन्धलाई जोडेर उसले भबिश्यको सुन्दर कल्पना गर्न छोडेन । सायद बिवशका लागि यो कल्पना नै मन बुझाउने एउटा बिकल्प र समय बिताउने एउटा बाटो हुन्थ्यो । समय यसैगरि बिते बिवशका । लुगा धुनेदेखि बेलुका सुत्ने बेलामा रोमीको टेबलमा पानी समेत लगेर बिवश राखिदिन्थ्यो । बिवशले यि कामहरु गरिरह्यो । रोमी ढिलो आउँदा रोमीको लागि खाना कुरेर बस्थ्यो । रोमी आवस् र मिठो मुस्कानको साथ आफ्नो कपाल सुम्सुम्याउँदै – बिवश, तिमीलाई भोक लाग्यो होला है ? आमालाई खाना खान दिएर तिमीले पनि खाएको भए भै हाल्थ्यो नि । मलाई किन कुरेर बस्नुपथ्र्यो ? अँहँ रोमी रुममा आएर कहिल्यै यसो भनि न । यो चाहाना बिवशको लागि जहिल्यै कल्पना मात्र भयो ।

रोमी आउँने बाटोमा आँखा डुलाउँथ्यो । मनमा कताकता बिवश रोमीको मिठो मुस्कान र मधुर बोलीको आशा राख्दैथ्यो । तर त्यो कुनैदिन सम्भब भएन ।

रोमी बेलुका पनि हिड्थी । कता जान्थी बिवशले थाहा पाउँदैनथ्यो । एकदिन रोमी बेलुका छ बजेतिर निस्की । बिवशले उ गएको बाटोतिर हे¥यो । बाहिर सडक छेउमा रोकिराखेको कारमा चडेर उ हुँईकिई । बिबश झ्यालको पर्दा लगाएर खाटमा पल्टिएर रोयो तर रोमीको गतिबिधीको बारेमा रोमीलाई सोधेर स्पष्ट हुने आँट बिबशले गरेन । सिर्फ आज्ञा पालक बन्यो बिबश ।

त्यस दिनपनि बिबशले खाना कुरेर बस्यो । रोमी मध्यरात १२ बजे उहि कारमा आई । कार सडक छेउमा सडक बत्तीको छेउमा रोकियो । कार भित्रबाट एउटा टाउको बाहिर देखाप¥यो र रोमीको गालामा किस ग¥यो घरको झ्यालबाट यो बेला बिवशले सडकछेउको बत्तीले रोमीको गाला टल्किएको दृष्य सुन्दर देख्यो । यो दृष्य देखेर र रोमीको ब्यबहार देखेर बिवशको मुटु फुट्ला जस्तो भयो

। त्यसपछि कार हुईकियो । रोमी हल्लीदै रुममा आई । उ रक्सी पिएर बेहाल थिई । बर्बराउँदै खाटमा लडी ।

बिबशले रोमीको बाहिरी कपडा खोलेर सितल गरायो । रोमीको हालत देखेर बिबश आवाज नआउँने गरि रोयो । रुन त उसलाई डाँको छाडेर रुन मन लागेको थियो । तर सकेन किनकी उसलाई आफूमा भएको बचेखुचेका पुरुषत्व को डर थियो । उसले यतिबेला आफ्नो भबिश्यलाई हे¥यो । डामाडोल र अँध्यारो देख्यो ।

खाटमा बेबारिस तरिकाले लडीरहेकी रोमीलाई बिबशले बिहे पहिलाको नजरले हे¥यो । उसले खाटको छेउमा बसेर आफु पूर्व स्मिृतिमा डुव्यो ।

रोमी कन्चन थिई । रोमीलाई चुम्यो । छाम्यो । धित नमरुन्जेल अँगालोमा बे¥यो । रहरहरु छताछुल्ल पारेर पोखिदियो ।

यहि कल्पिदै छेउमा पुगेको बिबशको नाकमा रक्सिको दुर्गन्ध नराम्रोसित ठोक्कीयो । मनका काल्पनिक रहरहरुलाई छाडेर कहालीलाग्दो बर्तमानमा फर्कियो ।

मध्यान्हपछि रोमी होशमा आई । आमा रुममै हुनुहुन्थ्यो । उहाँबाट रोमीको हालत लुकाउँन चाहान्थो बिबश, तर सकेन । आमाले सबैकुरा देख्नुभयो तर केहि भन्नु भएन ।

जागिर छाडेपछि बिबशलाई पैसाको ठुलो खाँचो भएर आमाको लागि औषधी किन्ने पैसा समेत भएन । रामी नशाबाट उठेपछि रोमीको बारेमा खासै केहि सोधेन । आमाको औषधी सकिएको थियो । उसले रोमी सामू भन्यो,

रोमी,आमाको औषधी सकिएछ, आमालाई औषधी किन्न पैसा देउ न ।

बिबशको बिन्ति खस्न नपाउँदै रोमीले जवाफ फर्काई , तिमीले राख्न दिएका छौ र ? कताबाट आउँछ पैसा ? तिमीले मलाई कमाएर राख्न दिएका छौ ?

उ केहि बोलेन । माझिसकेको भाँडा लिएर रुम पस्यो । एकछिन पछि आदेश दिदै रोमीले भनी, बिवश, नुहाउनलाई कपडा र सबुन ल्याउ । मेरो नाईट ड्यूटी जानेबेला भयो ।

बिवश र रोमीबिच यसैगरी बिते एकबर्ष । बिवाह पछिको जीवनमा केहि परिबर्तन भएन बिबशको । बरु रोमी धेरै परिबर्तन भएकी छ । उसले शुखद दाम्पत्य जीवनको अनुभूति गर्न कहिल्यै पाएन । बिबशसित पनि मायाप्रेम, चाहना भावना र रहरहरु थियो । तर उसले को सित शेयर गरोस् ? रोमीले उसको माया बुझ्न सकिन ।

एकदिन बिवश कोठामा रोएर बसिरहेको थियो। रोमीले देखी । र, सोधी, के भयो मिस्टर ? पुरुषले यसरी रुनुहुदैन । के पुरुषको पनि आँशु हुन्छ ? के पुरुषको पनि आँशु आउँछ ? पुरुषको पनि मन र मुटु हुन्छ ? खाटमा बस्दै रोमीले भनी, बिवशले रोमीको लागि खाट छोडिदिदै पल्लो खाटमा गएर बस्यो ।

रोमीले भनी, तिम्रो आँशु देखेर मलाई भयंकर त्यो दिनको याद आयो । जुनबेला म सानै थिएँ मेरी आमा एकमहिनाकी सुत्केरी हुनुुहुन्थ्यो । बुबालाई आदर गर्नुहुन्थ्यो । मलाई माया गर्नुहुन्थ्यो । तर बाबा बिनाकारण आमालाई मानसिक र शरीरिक यातना दिनुहुन्थ्यो । बाबासितै अफिसबाट,एकजना मान्छे आउँथ्यो । सुरुमा हामीसित राम्रै व्यबहार ग¥यो । एकदिन दुबैजना रक्सी पिएर आए । आमाले खाना पस्केर आदरसाथ दिनुभयो । तर अचम्म भयो दुबैले आमालाई अनैतिक र उत्ताउला बोली र व्यबहारहरु देखाए । सुरुमा आमाले सम्झाउने कोशिष गर्नुभयो तर सक्नुभएन । दुवैले आमालाई हातपात गरे । मलाई पनि बुबाले समात्ने कोशिष गर्दैथियो । तर म भागेँ । उनीहरुले कोठाको ढोका लगाए । मैले ढोकाको चेपबाट हेरेँ । दुबैले आमालाई पालैपालो बलात्कार गरे । आमा धेरै चिच्याउनु भयो । क्रमसः आमाको आबाज बन्द हुँदैगयो । उनीहरुले भाईलाई पनि भित्तामा झटारो हानेर मारे । त्यो दृष्य देखेर म मामााघर गएँ । मामालाई जानकारी गराएपछि मामा आउनु भयो तर आमा र भाई जिउँदा थिएनन् । त्यहि दिनदेखि म मामाघरमा बस्छु ।

रोमीले थपी, बिवश, यौनको मामलामा पुरुषहरु कामूक र राक्षस हुन्छन् । समाजमा महिलामाथि  जतिपनि दमन, भेदभाव र हिंसा हुन्छ, धेरै यौनको कारणले हुन्छ । महिलालाई यौनको नजरले हेरिन्छ । महिलाको शारीरिक संरचना स्वयं महिलाको लागि अभिषाप बन्छ । हो, शारीरिक रुपमा महिला, पुरुष भन्दा कमजोर हुन्छन् । पुरुषले त्यही कमजोरीको फाईदा उठाएर महिलामाथि शोषण गरिरह्यो । पुरुषले महिलालाई कहिल्यै सोझो नजरले हेरेन । महिलालाई ठाडो नजरले हेर्न दिइएन । हेरेपनि पुरुषले सहन सकेनन् । अनेक उपमा दिईरहे । यो प्रबृति अझै छ पुरुषहरुमा । महिलाहरु घुम्टोभित्र बस्नुपर्छ भन्ने मान्यता पुरुषमा देखियो । जबसम्म पुरुष र महिला बराबरी भन्ने चेतना पुरुष प्रधान समाजमा आउदैन, तबसम्म महिलाको हीतमा जस्तै कार्यक्रम ल्याएपनि काम छैन । तिमीले जस्तै मेरी आमाले पनि धेरै पढ्नुभएको थियो । तर बुबाको पियन जागिरका लागि आमाले आफ्नो योग्यता क्षमताको आफैँले अबमूल्यन गर्न बाध्य हुनुभयो । र घर गृहस्थिमा लाग्नुभयो । त्यो पनि  ठीकै थियो । तर आमालाई बुबाले व्यबहारिक जीवनमा दमन गरेर राख्नुभयो । हुँदाहुँदा परपुरुषसित लागेर आफ्नो श्रीमतीलाई बलात्कार गरे मेरो बुबाले ।

रोमीको कुरा सुनेर बिवश बिक्षिप्त भयो । रोमी बाबुसित मिलेर बलात्कार गर्ने अर्को अपराधी भेटियो त ? बिबशले रोमीलाई सोध्यो ।

भेटियो, तर पहूचबालाको मान्छे परेछ छोडिदियो । रोमीले एल्बमबाट पुरानो फोटो झिक्दै भनी, भन त बिबश, यो मान्छे चिन्छौ ?

फोटो हेरेपछि उसले पत्याउन सकेन । उसको नजरमा कालो बदल लाग्यो । उ केहि बोलेन । रोमीले भनी,भन बिबश यो जंगकुमार श्रेष्ठ भनेको को हो ? जब तिमीले आफ्नो ठेगानामा रामेछाप बतायौ,लाग्यो कि, म अपराधी भेट्ने लक्षमा पुग्न सक्छु । तिम्रो एल्बममा यो फोटो देखेपछि मेरो लक्ष्यको बाटो फराकिलो भयो । भन न यो अपराधी को हो ?

रोमीले अपराधी को हो भनेर पत्ता लगाउन राखेको तिब्र जिज्ञासालाई बिबशले उक्त अपराधी स्बयं आफ्नो अनुहारमा देख्यो । त्यो अपराधीको सक्कल अनुहार तिम्रो अनुहार सित मिल्छ भनेर भन्छे कि भन्ने डर विबशलाई लाग्यो ।

रोमीले बिबाह पहिला आफ्नी आमाको बलत्कारी अपराधी पत्ता लगाउनको लागि बिबशले लिएको बाचादेखि बिबशले भाग्ने कोषिश गरेन । अपराधी पत्ता लगाएर उसको दन्किरहेको मनलाई शान्त पार्ने बिचार ग¥यो बिबशले । तर अपराधी आफ्नै बाबु थियो भनेर कसरी भनोस् बिबशले ?

लामो समय रोमीले देखाएको फोटोबाट आँखा हटाएर मु्न्टो निहू¥याएर भन्यो, रोमी यो मेरो बाबु हो ।

बिबशले यो मेरो बाबु हो भन्दा रोमीलाई अचम्म लागेन । किनकी यो सब चिने बुझेर नै रोमीले बिबशसित विवाह गरेकी हो । र विवाह गर्नुृको उद्देश्य पनी बिबशमा भएको पुरुषत्बको अपमान गरेर आफ्नी आमालाई न्याय दिनुहो । किनकी बिबशको बाबुले नै आफ्नो बाबुसित लागेर आफ्नो पुरुषत्वको दुरुपयोग गर्दै आफ्नी आमाको बलात्कार गरि हत्या गरेको थियो ।

केहि क्षणको मौनता भंग गर्दै रोमीले भनी, मैले तिमीसित बिवाह गर्नुको रहर र लक्ष्य थिएन । तर जे थियो, त्यो पुरा भयो । मेरी आमालाई यो हालतमा पु¥याउने र महिलाले दबिएर बाँच्नुपर्ने स्थितिको आभाष तिमीलाई एकबर्ष सम्म दिलाएँ । सक्छौ भने आफू दबिएर बस्दाको अनुभव संसारलाई सुनाऊ ताकि सबै पुरुषलाई ज्ञान आओस् । हेर बिबश, म स्वतन्त्र छु । रहनेछु । म पुरुषलाई उसको क्षमता हेरी उसको मुल्यांकन र व्यवहार गर्छु । जसले नारीको सहि मुल्यांकन, सद्ब्यवहार, आदर र ईज्यत गर्छ, उहि नै पुरुष हो । उसैलाई पुरुष मान्छु ।

माफ गर बिबश तिमीसित विवाह गर्नु मेरो कुनै उद्देश्य थिएन भन्दै गोजीबाट एउटा पेपर निकाल्दै भनी, बिबश, म तिमीसित समन्धविच्छेद गर्न चाहान्छु । साँच्चै हो, एकबर्ष सम्मको मेरो ब्यवहारले तिमीलाई पनि नराम्रो बनायो । तिम्रो आडम्बरी पुरुषत्वको कदर गर्ने कुनै महिला पायौ भने विवाह गर । तर म मेरो योग्यता र क्षमतालाई दबाएर कुनै पुरुषको दासी भै बस्न सक्तिन र म कसैलाई मेरो दासी बनाउन पनि चाहान्न । अबदेखि तिम्रो र मेरो लेनदेन पुरा भयो ।

बिबशले पेपरमा सहि गरिदियो । उसलाई यो क्षणले भाउन्न गरायो । बाउको अपराधको सजायँले उसलाई ग्लानी भयो । रोमीबाट पाएको असमान व्यबहार र विवाहको ऋणले बिबशलाई तत्कालै जलायो । उसको धरातल भासियो । बिबश त्यहाँबाट उठेर हिँड्यो ।

धेरैबेर सम्म बिबश नआएपछि रोमीले बाहिर निस्किएर यताउता हेरी । बिबश कतै थिएन ।

एकछिन पर सम्म बिबश नआएपछि रोमीले बाहिर निस्किएर यताउता हेरी । बिबश कतै थिएन ।

एकछिन पछि यो सबै घटनाबाट अनभिज्ञ भएकी आमा आफ्नो कोठाबाट उठेर बाथरुम छिरिन् । त्यहाँको दृष्य देखेर आमा ‘मेरो छोरा’ भन्दै चिच्याईन् र भुँइँमा पछारिइन् । बिबश बाथरुमको सिलिङमा रहेको फ्यान झुण्ड्याउने हुकमा डोरीको पासो लगाएर झुन्डिएको थियो । आमा पछि ब्यूझिएर अत्तालिदै रोमीलाई बोलाउन पल्लो कोठामा गईन् तर त्यहाँ रोमी थिई न।

दिपक न्यौपाने ‘अश्रुन्जली’

रामेछाप, फूलासी–५

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको