काठमाडौं – नेपाल हस्तकला महासंघ (Federation of Handicraft Associations of Nepal – FHAN) ले आफ्नो ४५औं वार्षिक साधारण सभाको अवसरमा हस्तकला क्षेत्रकी अग्रणी उद्यमी मिना महर्जनलाई सम्मान गरेको छ।
बुधबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा महासंघले हरेक वर्षझैं यस वर्ष पनि हस्तकला उद्योगका उत्कृष्ट व्यक्तित्व, संस्था तथा उद्योगहरूलाई कदरस्वरूप सम्मान प्रदान गरेको हो। सोही क्रममा मिना महर्जनलाई हस्तकला उत्पादन र निर्यात प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानका लागि सम्मानपत्र प्रदान गरिएको महासंघले जनाएको छ।

कार्यक्रममा हस्तकला क्षेत्रका प्रतिनिधि, उद्योगी, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
