काठमाडौँ – प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी गणेश कुमार श्रेष्ठलाई आइतबार रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार श्रेष्ठ असोज ३० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका थिए। पदोन्नतिसँगै रथी श्रेष्ठ बलाध्यक्षको जिम्मेवारीमा नियुक्त भएका छन्। दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथी, अधिकृतहरू तथा पदोन्नति भएका रथी श्रेष्ठका परिवारजनको उपस्थिति थियो।
