सेनाले भन्यो: जेनजी आन्दोलनमा १९० भीआईपीलाई उद्धार गरेर सुरक्षा दियौं

काठमाडौं — जेन–जी आन्दोलनका क्रममा कुल ६१ जना भीआईपीको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। सेनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत भदौ २३ गतेको जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो।

सेनाका युद्धकार्य निर्देशक अनुपजंग थापाका अनुसार, आन्दोलनका क्रममा नेपाल प्रहरीका २३ कर्मचारीसहित कुल १९० जना भीभीआईपी, भीआईपी तथा उनीहरूका परिवारलाई सेनाले सुरक्षित स्थानमा पुर्‍याएको थियो। तीमध्ये ६१ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको र १२९ जनालाई स्थलमार्गबाट सुरक्षासहित सुरक्षित स्थानमा लगिएको उनले जानकारी दिए।

थापाले सेनाको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकता रहेको स्पष्ट पारे। उनले भने, “सेनाले घातक शक्ति प्रयोग नगरेको भन्ने कुरा सुन्नमा आएको छ, तर हाम्रो स्पष्ट प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकता नै थियो।”

सेनाका अनुसार, आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेता, मन्त्री तथा तिनका परिवारलाई पनि उद्धार गरी सुरक्षित ब्यारेकमा लगिएको थियो।

युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले पत्रकार सम्मेलनमा भने, “अहिले नै हामीले के–के कार्य गर्‍यौं भन्ने कुरा त्यति महत्वपूर्ण नलागे पनि आउँदा दिनमा ती सबै विवरण स्पष्ट हुनेछ।”

सेनाले आन्दोलनका क्रममा केही महत्वपूर्ण संरचनाको पनि सुरक्षा गरेको बताएको छ। जेन–जी आन्दोलनबाट उत्पन्न घटनामा ७६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

सिफारिस

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो। सेनाको विभिन्न पृतना, गण तथा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको बताएका छन्। खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि...

भर्खरै

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन...

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

धेरै पढिएको