सेनाले भन्यो: जेनजी आन्दोलनमा १९० भीआईपीलाई उद्धार गरेर सुरक्षा दियौं

काठमाडौं — जेन–जी आन्दोलनका क्रममा कुल ६१ जना भीआईपीको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। सेनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत भदौ २३ गतेको जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो।

सेनाका युद्धकार्य निर्देशक अनुपजंग थापाका अनुसार, आन्दोलनका क्रममा नेपाल प्रहरीका २३ कर्मचारीसहित कुल १९० जना भीभीआईपी, भीआईपी तथा उनीहरूका परिवारलाई सेनाले सुरक्षित स्थानमा पुर्‍याएको थियो। तीमध्ये ६१ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको र १२९ जनालाई स्थलमार्गबाट सुरक्षासहित सुरक्षित स्थानमा लगिएको उनले जानकारी दिए।

थापाले सेनाको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकता रहेको स्पष्ट पारे। उनले भने, “सेनाले घातक शक्ति प्रयोग नगरेको भन्ने कुरा सुन्नमा आएको छ, तर हाम्रो स्पष्ट प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकता नै थियो।”

सेनाका अनुसार, आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेता, मन्त्री तथा तिनका परिवारलाई पनि उद्धार गरी सुरक्षित ब्यारेकमा लगिएको थियो।

युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले पत्रकार सम्मेलनमा भने, “अहिले नै हामीले के–के कार्य गर्‍यौं भन्ने कुरा त्यति महत्वपूर्ण नलागे पनि आउँदा दिनमा ती सबै विवरण स्पष्ट हुनेछ।”

सेनाले आन्दोलनका क्रममा केही महत्वपूर्ण संरचनाको पनि सुरक्षा गरेको बताएको छ। जेन–जी आन्दोलनबाट उत्पन्न घटनामा ७६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको