सीपीएलमा सन्दीप लामिछानेको किफायती बलिङ, टिम भने पराजित

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीप लामिछानेले किफायती बलिङ गर्दै २ विकेट लिए पनि उनको टीम जमैका तालवाहज पराजित भएको छ।

गुएना अमेजन वारियर्सले दिएको ११९ रनको लक्ष पच्छ्याएको तालवाहजले ७ विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो। तालवाहजका आन्द्रे रसेलले ५२ रन बनाए पनि जित दिलाउन सकेनन्।

ब्याटिङको मौका पाएका सन्दीप ‘डक आउट’ भए। ३ बल खेलेका उनलाई इमरान ताहिरले एलबीडब्लु धरापमा पारेका थिए।

यसअघि तालवाहजले कसिलो बलिङ गरेको थियो। सन्दीपले ४ ओभरमा ८ रन मात्र खर्चिएर २ विकेट लिएका थिए। उनले सेरफान रुथफोडै र कप्तान क्रिस ग्रिनको विकेट लिएका थिए।

सन्दीपले कप्तान ग्रिनलाई बोल्ड गरेका थिए। त्यसबाहेक तालवाहजका लागि मुजिब उर रहमान र कार्लोस ब्राथवेटले ३÷३ विकेट लिए। वारियर्सका लागि ओपनर ब्रान्डन किङले सबैभन्दा बढी २९ रन बनाए।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको