सीपीएल : सन्दीप लामिछानेको टिम जमैका ९ विकेटले पराजित

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाज क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा ९ विकेटले पराजित बनेको छ।

ट्रौबामा सम्पन्न पहिलो सेमीफाइनल खेलमा तलावाज ट्रिनबागो नाइट राइडर्ससँग पराजित भएपछि उसको फाइनल यात्रा टुंगिएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको तलावाजले कमजोर सुरुवात गर्दै सम्पूर्ण ओभर खेलेर ७ विकेटको क्षतिमा १०७ रन बनाएको थियो। १०८ रनको लक्ष्य पाएको ट्रिनबागोले १५ ओभरमै एक विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो।

तलावाजका नकुमह बोन्नरले ४१ र रोवमान पावेलले ३३ रनबाहेक अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गरेनन्। यता ट्रिबागोका अकेल होसिनले तीन विकेट लिए भने खारी पियरेले दुई विकेट लिए।

त्यस्तै जवाफी ब्याटिङमा आएको ट्रिनबागोले सानदार ब्याटिङ गर्दै १५ ओभरमै जित सुनिश्चित गर्यो। जितका लागि लेन्डिल सिम्मोन्सले ५४ रनको अर्धसतकिय पारी खेले भने टिओल वेबस्टारले ४४ रन बनाए। दुवै खेलाडी प्रतियोगितामा अविजित रहे।

तलावाजको मुजिव उर रहमानले एक विकेट लिए। सेमीफाइनल खेलमा विकेटविहिन रहेका सन्दीपले प्रतियोगिता अवधिभर भने १२ विकेट लिए।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको