नेपाल फिजियोथेरापी संघले यसरी मनायो ‘विश्व फिजियोथेरापी दिवस’

काठमाडौं- नेपाल फिजियोथेरापी संघले ‘विश्व फिजियोथेरापी दिवस’  विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ। हरेक वर्ष सेप्टम्बर ८ का दिन मनाइने विश्व फिजियोथेरापी दिवसको यस वर्षको विश्वव्यापी नारा “Rehabilitation after Covid-19” रहेको थियो।

नेपाल फिजियोथेरापी सङ्घका अध्यक्ष श्री लक्ष्मण अधिकारीले नेपाल तथा विदेशमा रहनु भएका सम्पूर्ण फिजियोथेरापीष्टहरुलाई शुभकामना प्रदान गर्नु भएको छ । यससंगै संघले आफ्नो नयाँ सांकेतिक चिन्ह अर्थात् लोगों सार्वजनिक गर्नुका साथै विभिन्न कार्यशाला गोष्ठी, सेमिनार आदिको बैधानिकताको लागि नयाँ CPD निर्देशिका प्रस्तुत गरेको छ ।

कोरोना महामारीको कारण सबै कार्यक्रमहरु अनलाइन मार्फत नै सम्पन्न भएको संघका प्रवक्ता एवं महासचिव श्री समीद कुमार कतीलाले जानकारी दिए। कार्यक्रम मध्य एउटा “अनलाइन भिडियो प्रतियोगिता” आयोजना गरिएको थियो त्यस कार्यक्रम निकै नै रोचक र मनोरञ्जनात्मक भएको संघका प्रवक्ता बताए।  कार्यक्रममा प्रथम, दृतिया र तृतीय विजेताहरुलाई क्रमश ७०००, ४५०० र ३५०० नगत पुरस्कार पनि दिइएको थियो। यसका साथै नेपाल फिजियोथेरापी संघले आफ्ना सम्पूर्ण सदस्यहरुको प्रति व्यक्ति १ लाखको कोरोना बीमा सुरक्षित गरेको छ।

विश्व फिजियोथेरापी दिवस कै अवसर पारेर संघले नेपालको राजनीति तथा स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग फिजियोथेरापी विषयमा केन्द्रित रहेर अनलाइन मार्फत अन्तरवार्ता समेत लिएको छ जसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डाक्टर मोहन कृष्ण श्रेष्ठ र नेपाल मेडिकल सङ्घका अध्यक्ष डाक्टर लोचन कार्की सम्मिलित थिए। अन्तर्वार्तामा सबै प्रतिष्ठित व्यक्तिहरुले फिजियोथेरापी सम्बन्धि आफ्नो धारणा प्रस्तुत गर्नुका साथै फिजियोथेरापी विधालाई स्तरोन्नतिको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको