नेपाल फिजियोथेरापी संघले यसरी मनायो ‘विश्व फिजियोथेरापी दिवस’

काठमाडौं- नेपाल फिजियोथेरापी संघले ‘विश्व फिजियोथेरापी दिवस’  विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ। हरेक वर्ष सेप्टम्बर ८ का दिन मनाइने विश्व फिजियोथेरापी दिवसको यस वर्षको विश्वव्यापी नारा “Rehabilitation after Covid-19” रहेको थियो।

नेपाल फिजियोथेरापी सङ्घका अध्यक्ष श्री लक्ष्मण अधिकारीले नेपाल तथा विदेशमा रहनु भएका सम्पूर्ण फिजियोथेरापीष्टहरुलाई शुभकामना प्रदान गर्नु भएको छ । यससंगै संघले आफ्नो नयाँ सांकेतिक चिन्ह अर्थात् लोगों सार्वजनिक गर्नुका साथै विभिन्न कार्यशाला गोष्ठी, सेमिनार आदिको बैधानिकताको लागि नयाँ CPD निर्देशिका प्रस्तुत गरेको छ ।

कोरोना महामारीको कारण सबै कार्यक्रमहरु अनलाइन मार्फत नै सम्पन्न भएको संघका प्रवक्ता एवं महासचिव श्री समीद कुमार कतीलाले जानकारी दिए। कार्यक्रम मध्य एउटा “अनलाइन भिडियो प्रतियोगिता” आयोजना गरिएको थियो त्यस कार्यक्रम निकै नै रोचक र मनोरञ्जनात्मक भएको संघका प्रवक्ता बताए।  कार्यक्रममा प्रथम, दृतिया र तृतीय विजेताहरुलाई क्रमश ७०००, ४५०० र ३५०० नगत पुरस्कार पनि दिइएको थियो। यसका साथै नेपाल फिजियोथेरापी संघले आफ्ना सम्पूर्ण सदस्यहरुको प्रति व्यक्ति १ लाखको कोरोना बीमा सुरक्षित गरेको छ।

विश्व फिजियोथेरापी दिवस कै अवसर पारेर संघले नेपालको राजनीति तथा स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग फिजियोथेरापी विषयमा केन्द्रित रहेर अनलाइन मार्फत अन्तरवार्ता समेत लिएको छ जसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डाक्टर मोहन कृष्ण श्रेष्ठ र नेपाल मेडिकल सङ्घका अध्यक्ष डाक्टर लोचन कार्की सम्मिलित थिए। अन्तर्वार्तामा सबै प्रतिष्ठित व्यक्तिहरुले फिजियोथेरापी सम्बन्धि आफ्नो धारणा प्रस्तुत गर्नुका साथै फिजियोथेरापी विधालाई स्तरोन्नतिको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सिफारिस

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

भर्खरै

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

धेरै पढिएको