ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट २० लाख ४६ हजार राजस्व संकलन

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले आर्थिक बर्ष २०७६÷७७ मा करिव २०  लाख ४६ हजार रुपैया राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७७÷७८ को साउन महिनामा मात्र जम्मा एक लाख अठहत्तर हजार पाँच सय रुपैया राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले विभिन्न समयमा राजमार्ग सडकमा चेकजाँचका क्रममा ट्राफिक नियम उल्घंन गर्ने सवारी साधनहरु लाई कारवाही गरी उक्त राजस्व संकलन भएको जानकारी दिएको छ ।

आर्थिक बर्ष २०७६÷७७ मा कारवाही पर्नेमा ३ सय १३ बस, ९ सय ७८ ट्रक ,१ हजार २ सय ८२ जिपकार, ६ सय ७२ मोटरसाईकल , ३ सय ४२ ट्याक्टर र अन्य ९ गरि जम्मा ३ हजार पाँच सय ९६ सवारी साधनहरुबाट जरिवाना स्वरुप राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रमुख तथा प्रहरी सहायक निरिक्षक देब बहादुर खत्रीले जानकारी दिएका छन ।

सवारी साधन वाट राजस्व संकलन गर्ने आफनो कुनै उद्देश्य नरहेको तर धेरै जसो सवारीसाधनहरुले नियम उल्लंघन गर्ने गरेका कारण नियमको उल्लंघन र परिस्थितिजन्य आदेशको अवज्ञा गर्ने सवारी चालकलाई कारवाही गरीएको प्रहरी सहायक निरिक्षक खत्रीले बताए ।
यसै गरी आर्थिक बर्ष २०७६÷७७ मा सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको ,गम्भिर घाईते ५ जना र २२ जना साधारण घाईते भएको समेत जानकारी दिएको छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको