आईपीएलमा मुम्बईलाई हराउँदै चेन्नाईको शानदार सुरुवात

काठमाडौं – शनिबारदेखि सुरु भएको १३औं संस्करणको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गएराति सम्पन्‍न चेन्‍नई सुपर किङ्स विजयी भएको छ । अबुधाबीमा भएको खेलमा चेन्‍नईले साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हरायो ।

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्‍विन्टन डिककले ३३ रन बनाए । चेन्‍नईका लुंगी एंगिडीले ३ विकेट लिए भने दीपक चहर र रविन्द्र जडेजाले २-२ विकेट लिए ।

जवाफमा १६३ रनको लक्ष्य पछ्याएको चेन्‍नईको सुरुवात राम्रो नभएपनि मध्यक्रमका खेलाडी अम्बाती रायडु र फाफ डुप्लेसीले राम्रो साझेदारी गरेपछि चेन्‍नईको जीतको आधार तय भएको थियो । चेन्‍नईले ४ बलको खेल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । रायडुले ७१ रन बनाए भने डुप्लेसी ५८ रनमा अविजित रहे । मुम्बईका बोल्ट, प्याटिन्सन, बुमराह, राहुल चहर र क्रुनाल पन्ड्याले १-१ विकेट हात पारे ।

मुम्बईले २०१२ देखि आइपिएलको पहिलो खेलमा जीत हात पार्न सकेको छैन । जीतसँगै चेन्‍नई २ अंक जोड्न सफल भएको छ ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको