आईपीएलमा मुम्बईलाई हराउँदै चेन्नाईको शानदार सुरुवात

काठमाडौं – शनिबारदेखि सुरु भएको १३औं संस्करणको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गएराति सम्पन्‍न चेन्‍नई सुपर किङ्स विजयी भएको छ । अबुधाबीमा भएको खेलमा चेन्‍नईले साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हरायो ।

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्‍विन्टन डिककले ३३ रन बनाए । चेन्‍नईका लुंगी एंगिडीले ३ विकेट लिए भने दीपक चहर र रविन्द्र जडेजाले २-२ विकेट लिए ।

जवाफमा १६३ रनको लक्ष्य पछ्याएको चेन्‍नईको सुरुवात राम्रो नभएपनि मध्यक्रमका खेलाडी अम्बाती रायडु र फाफ डुप्लेसीले राम्रो साझेदारी गरेपछि चेन्‍नईको जीतको आधार तय भएको थियो । चेन्‍नईले ४ बलको खेल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । रायडुले ७१ रन बनाए भने डुप्लेसी ५८ रनमा अविजित रहे । मुम्बईका बोल्ट, प्याटिन्सन, बुमराह, राहुल चहर र क्रुनाल पन्ड्याले १-१ विकेट हात पारे ।

मुम्बईले २०१२ देखि आइपिएलको पहिलो खेलमा जीत हात पार्न सकेको छैन । जीतसँगै चेन्‍नई २ अंक जोड्न सफल भएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको