काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
छापावाल सुन बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन तोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार पनि सुन तोलामा ९ सयले बढेको थियो । चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १,१९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
