काठमाडौं – प्रसिद्ध संगीतकार कालीप्रसाद बास्कोटाको संगीत संयोजनमा बनेको गीत ‘समाचार’मा संगीत अरुकै गीतबाट लिइएको पाइएको छ ।
हेटौडाका गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडि रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको हो ।
महत अहिले बास्कोटसँग प्रतिलिपी अधिकारको विषयमा छलफलको लागी प्रयत्नरत छन् भने प्रहरी कार्यालयमा रिपोर्ट समेत दर्ता गराइसकेका छन् ।
प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा भने अहिलेसम्म यो रिपोर्ट पुगिसकेको थिएन । तर प्रहरी प्रशासनबाट चित्तबुझ्दो नतिजा नआएपछि आज भने महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेका छन् ।