डीएसपी कुमोद ढुंगेललाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई अख्तियारको पत्र

काठमाडौं – नेपाल प्रहरीका निलम्बित डीएसपी कुमोद ढुंगेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपस्थित गराउन भन्दै  प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको  छ ।

ढुंगेलसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएपछि पत्र पठाइएको अख्तियारको भनाइ छ । प्रहरी प्रधान कार्यालयले ढुंगेललाई सम्पर्कमा ल्याउन महानगरीय प्रहरी परिसरलाई निर्देशन दिइसकेको छ । ढुंगेलको सम्पत्ति शंकास्पद देखिएकाले उनीसँग सोधपुछ गर्न खोजिएको अख्तियार स्रोतको भनाइ छ ।

ढुंगेलले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन् । ‘के विषयबारे मलाई पत्र पठाए, त्यो मलाई थाहा छैन,’ उनले भने, ‘मेरो पुरानो घर नुवाकोटमा पत्र पुग्यो भन्ने सुनेको छु । म आफैं उपस्थित हुन्छु ।’

२६ चैत २०७५ मा रानीबारीका लालेन्द्र शेरचनको घर डकैती तथा लुटपाट घटनाका अभियुक्त विक्रम श्रेष्ठसँग घटना भएको भोलिपल्टै ढुंगेलले भेट गरेको पुष्टि भएपछि उनलाई निलम्बन गरेर प्रहरी प्रधान कार्यालयले अनुसन्धान थालेको थियो ।

उनी १९ वैशाखमा निलम्बनमा परेका हुन् । निलम्बनमा पर्नुअघि उनी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख थिए ।

तीन वर्षअघि २३ असोज २०७४ मा निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या भएको केही महिनामै ढुंगेल र गुन्डा नाइके सुजन पौडेल (रमेश बाहुन)बीच जेलभित्रैबाट समेत निरन्तर सम्पर्क भएको पाइएको थियो ।

गौचन हत्याका मुख्य योजनाकार गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग पनि ढुंगेलको साठगाँठबारे चर्चा थियो । बाहुन र बस्नेत अहिले जेलमा छन् ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको