समाचार लेखेकै आधारमा पत्रकारलाई गोली ठोक्छु भन्ने रामप्रसाद घिमिरे प्रहरी खोरमा

हेटौंडा – हेटौंडाका पत्रकार बलराम पुडासैनीलाई समाचार लेखेकै आधारमा गोली ठोक्छु भन्ने रामप्रसाद घिमिरे प्रहरी खोरमा परेका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएको स्ल्याब ढलानको विषयमा समाचार लेखेको भन्दै स्ल्याब ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष घिमिरेले तु खबर डटकमका पत्रकार बलराम पुडासैनीलाई फोनमार्फत धम्की दिएका थिए ।

गढी गाउँपालिका वडा नम्बर ३ मक्रानडाँडाका घिमिरेले समाचारको विषय जोड्दै पत्रकार पुडासैनीलाई फोन मार्फत अश्लिन गाली गर्दै गोली ठोक्छु भनेका थिए । उनले ज्यान मार्ने धम्कि दिएपछि पुडासैनीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका थिए । जाहेरीको आधारमा घिमिरेलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

३ नम्बर प्रदेश सरकारको अनुदान सहयोगमा गढी गाउँपालिका वडा नम्बर ३ मा ५० लाखको लागतमा केही समयअघि निर्माण भएको स्ल्याब ढलान निर्माणमा लापरवाहीपछि अहिले केही स्थानमा चर्किएर सवारी साधनसमेत चल्न नसक्ने अवस्थामा छ ।

 

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको