५७ औं ईन्जिनियर दिवसको सम्पूर्ण तयारी पूरा, २० हजार ईन्जिनियरहरुको दुर्घट्ना विमा गरिँदै

काठमाडौं – नेपाल ईन्जिनियर्स एशोसिएसनले भोलि साउन २ र ३ गते दुई दिनसम्म मनाउने एशोसिएसनको ५७ औं ईन्जिनियर दिवसको तयारी पूरा भएको जनाएको छ । ५७ औं दिवसको पूर्व सन्ध्यामा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एशोसिएसनले उक्त दिवस प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहान ११ बजे उद्घाटन गर्ने जानकारी गराएको हो ।

काठमाडौमा प्रदर्शनीमार्गस्थित् राष्ट्रियसभा गृह र काठमाडौं बाहिर प्रदेश राजधानीस्थित एशोसिएसनका प्रादेशिक कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमा समेत विविध कार्यक्रम गरि उक्त दिवस मनाउन लागिएको एशोसिएसनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले जानकारी दिए ।

अध्यक्ष बज्राचार्यका अनुसार उक्त दिवसलाई भव्य रुपमा सफल तुल्याउनको लागि ‘‘गोदावारी स्टिल्स’’ले मुख्य प्रायोजनको भुमिका निर्बाह गर्ने भएको छ । त्यस्तै, वसरमा मुख्य आकर्षणको रुपमा ईन्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याएका ईन्जिनियर÷आर्किटेक्ट तथा संस्थालाई लाईफ टाईम एचिभमेन्ट अवार्ड (पाँच जना सदस्यहरुले संयुक्त सिफारिश गरि पठाउनुपर्ने), डिस्टिंग्युस्ड अन्टरप्रन्युरसिप अवार्ड, सहिद ई. नवराज बिष्ट स्मृति अवार्ड, आउटस्ट्याण्डिङ् युथ प्रोफेशनल अवार्ड, आउटस्ट्याण्डिङ वुमेन ईन्जिनियर अवार्ड, र ईन्जिनियर्स एप्रिसिएशन अवार्ड गरि विभिन्न ६ विधामा अवार्ड पनि प्रदान गरिने एशोसिएसनले जनाएको छ ।

अवार्डको लागि स्वतन्त्र समितिले नाम छनौट गरिरहेको र भोलि दिवसकै दिन सार्वजनिक गर्ने अध्यक्ष बज्राचार्यले बताए । एशोसिएसनले विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकारसम्पन्न बनाउन सरकारले काम गर्नुपर्ने पनि माग गरेको छ । एशोसिएसउनले यस वर्षको ईन्जिनियर दिवसको मूल नारा “समृद्ध नेपाल निर्माणका लागि ईन्जिनियरिङ सेवा” तय गरेको छ ।

अध्यक्ष बज्राचार्यले जबसम्म मुलुकमा प्राविधिक जनशक्तिको सेवाको सम्मान तथा दक्षताको उचित सम्बोधन गरिदैन तबसम्म मुलुकको पूर्वाधारलगायत आर्थिक तथा सामाजिक विकास संभव नभएको जिकिर गरे । ईन्जिनियर्स दिवसको उपलक्ष्यमा एशोसिएसनले गत शनिबार एशोसिएसनको आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ भने काठमाडौंस्थित् युएन पार्क परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेको छ । कार्यक्रममा एशोसिएसनका महासचिव ई. छविराज पोख्रेलले ईन्जिनियरहरु देशको महत्वपूर्ण जनशक्ति भएकोले उनीहरुलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘यो पेशा जोखिमयुत्त पेशा हो ।’ उनले भोलिको कार्यक्रममा नै २० हजार ईन्जिनियरहरुको सामूहिक दुर्घटना विमा गरिने पनि जनाए ।

त्यस्तै, उनले ईन्जिनियरिङ सेवा ऐनपनि आउन लागेकोमा खुशी व्यक्त गरे । राज्यले ईन्जिनियरहरुलाई विश्वास र साथमा लिएर काम गर्नुपर्नेपनि उनले बताए । उनले सरकारले बजेट र नीति तथा कार्यक्रममा पनि ईन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने भनिसकेकोले त्यसमा खुशी व्यक्त गरे । एशोसिएनका अनुसार २० हजार ईन्जिनियरको गरिने दुर्घट्ना विमा नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय विमा कम्पनी लिमिटेडसँग गरिने भएको हो । विमांक दश लाख रहनेछ भने प्रिमियम पचास लाख तिर्नुपर्नेछ । तर, आफूहरुको चाहना विमा दाबी गर्न नपरोस भन्ने रहेको पनि अध्यक्ष बज्राचार्यले सुनाए । अहिलेलाई एशोसिएसनले नै प्रिमियम तिरिदिने भएको छ ।

कार्यक्रममा उक्त दिवसको मुख्य प्रायोजन रहेको गोदावारी स्टिल्सका निर्देशक पंकज कर्णले भोलिको कार्यक्रम सफल होस भन्ने शुभकामना दिए । उनले गोदावारी स्टिल्स गत वर्षमात्रै स्थापित संस्था भएको र यसले पूर्वाधार क्षेत्रमा टेवा पुर्याउन राम्रो र गुणस्तरीय उत्पादन गर्दै आएको सुनाए । उनले नेपाल ईन्जिनियर्स एशोसिएसनसँग यसैगरि साथ र सहकार्य सधैं चलोस भन्ने आफूहरुले चाहेको सुनाए ।

सिफारिस

४ महिला नेतृत्वको फोटो राख्दै ओलीले लेखे– मलाई पनि खुसी लागेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेतृत्वसम्बन्धी चार संयोगहरुले आफूलाई खुसी लागेको बताएका छन् । ओली प्रधानमन्त्री भएको विभिन्न कालखण्डमा महिला विभिन्न उच्च ओहोदामा पुगेका छन्। जसअनुसार...

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। बिहीबार ८८ वर्षीया...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास क्षेत्रमा अवस्थित छ। यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...

रामेछापमा पहिरोमा पुरिएर एकै घरका तीन किशोरीको मृत्यु

रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका...

गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं– सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त...

जहाज दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं - सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा...

धेरै पढिएको