५७ औं ईन्जिनियर दिवसको सम्पूर्ण तयारी पूरा, २० हजार ईन्जिनियरहरुको दुर्घट्ना विमा गरिँदै

काठमाडौं – नेपाल ईन्जिनियर्स एशोसिएसनले भोलि साउन २ र ३ गते दुई दिनसम्म मनाउने एशोसिएसनको ५७ औं ईन्जिनियर दिवसको तयारी पूरा भएको जनाएको छ । ५७ औं दिवसको पूर्व सन्ध्यामा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एशोसिएसनले उक्त दिवस प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहान ११ बजे उद्घाटन गर्ने जानकारी गराएको हो ।

काठमाडौमा प्रदर्शनीमार्गस्थित् राष्ट्रियसभा गृह र काठमाडौं बाहिर प्रदेश राजधानीस्थित एशोसिएसनका प्रादेशिक कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमा समेत विविध कार्यक्रम गरि उक्त दिवस मनाउन लागिएको एशोसिएसनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले जानकारी दिए ।

अध्यक्ष बज्राचार्यका अनुसार उक्त दिवसलाई भव्य रुपमा सफल तुल्याउनको लागि ‘‘गोदावारी स्टिल्स’’ले मुख्य प्रायोजनको भुमिका निर्बाह गर्ने भएको छ । त्यस्तै, वसरमा मुख्य आकर्षणको रुपमा ईन्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याएका ईन्जिनियर÷आर्किटेक्ट तथा संस्थालाई लाईफ टाईम एचिभमेन्ट अवार्ड (पाँच जना सदस्यहरुले संयुक्त सिफारिश गरि पठाउनुपर्ने), डिस्टिंग्युस्ड अन्टरप्रन्युरसिप अवार्ड, सहिद ई. नवराज बिष्ट स्मृति अवार्ड, आउटस्ट्याण्डिङ् युथ प्रोफेशनल अवार्ड, आउटस्ट्याण्डिङ वुमेन ईन्जिनियर अवार्ड, र ईन्जिनियर्स एप्रिसिएशन अवार्ड गरि विभिन्न ६ विधामा अवार्ड पनि प्रदान गरिने एशोसिएसनले जनाएको छ ।

अवार्डको लागि स्वतन्त्र समितिले नाम छनौट गरिरहेको र भोलि दिवसकै दिन सार्वजनिक गर्ने अध्यक्ष बज्राचार्यले बताए । एशोसिएसनले विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकारसम्पन्न बनाउन सरकारले काम गर्नुपर्ने पनि माग गरेको छ । एशोसिएसउनले यस वर्षको ईन्जिनियर दिवसको मूल नारा “समृद्ध नेपाल निर्माणका लागि ईन्जिनियरिङ सेवा” तय गरेको छ ।

अध्यक्ष बज्राचार्यले जबसम्म मुलुकमा प्राविधिक जनशक्तिको सेवाको सम्मान तथा दक्षताको उचित सम्बोधन गरिदैन तबसम्म मुलुकको पूर्वाधारलगायत आर्थिक तथा सामाजिक विकास संभव नभएको जिकिर गरे । ईन्जिनियर्स दिवसको उपलक्ष्यमा एशोसिएसनले गत शनिबार एशोसिएसनको आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ भने काठमाडौंस्थित् युएन पार्क परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेको छ । कार्यक्रममा एशोसिएसनका महासचिव ई. छविराज पोख्रेलले ईन्जिनियरहरु देशको महत्वपूर्ण जनशक्ति भएकोले उनीहरुलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘यो पेशा जोखिमयुत्त पेशा हो ।’ उनले भोलिको कार्यक्रममा नै २० हजार ईन्जिनियरहरुको सामूहिक दुर्घटना विमा गरिने पनि जनाए ।

त्यस्तै, उनले ईन्जिनियरिङ सेवा ऐनपनि आउन लागेकोमा खुशी व्यक्त गरे । राज्यले ईन्जिनियरहरुलाई विश्वास र साथमा लिएर काम गर्नुपर्नेपनि उनले बताए । उनले सरकारले बजेट र नीति तथा कार्यक्रममा पनि ईन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने भनिसकेकोले त्यसमा खुशी व्यक्त गरे । एशोसिएनका अनुसार २० हजार ईन्जिनियरको गरिने दुर्घट्ना विमा नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय विमा कम्पनी लिमिटेडसँग गरिने भएको हो । विमांक दश लाख रहनेछ भने प्रिमियम पचास लाख तिर्नुपर्नेछ । तर, आफूहरुको चाहना विमा दाबी गर्न नपरोस भन्ने रहेको पनि अध्यक्ष बज्राचार्यले सुनाए । अहिलेलाई एशोसिएसनले नै प्रिमियम तिरिदिने भएको छ ।

कार्यक्रममा उक्त दिवसको मुख्य प्रायोजन रहेको गोदावारी स्टिल्सका निर्देशक पंकज कर्णले भोलिको कार्यक्रम सफल होस भन्ने शुभकामना दिए । उनले गोदावारी स्टिल्स गत वर्षमात्रै स्थापित संस्था भएको र यसले पूर्वाधार क्षेत्रमा टेवा पुर्याउन राम्रो र गुणस्तरीय उत्पादन गर्दै आएको सुनाए । उनले नेपाल ईन्जिनियर्स एशोसिएसनसँग यसैगरि साथ र सहकार्य सधैं चलोस भन्ने आफूहरुले चाहेको सुनाए ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको