भारतका दिग्गज क्रिकेटर महेन्द्र सिंह धोनीले आफ्नो सन्यास र वेष्ट इण्डिज यात्रामा जाने नजाने बारेका थुप्रै अनुमानहरुमा बिराम लगाएका छन्।
३८ वर्षीय धोनीले बीसीसीआईलाई सूचित गरेका छन् की अब उनी आउने दुई महिनासम्म कुनै किसिमको क्रिकेटका लागि उपलब्ध हुने छैनन्।
धोनी आगामी दुई महिनाका लागि अर्धसैन्य रेजिमेन्टमा सहभागी हुनेछन्। यसले यो प्रष्ट भएको छ कि धोनी टिम इण्डियासँग अगष्ट ३ बाट सुरु हुने वेस्ट इण्डिज यात्रामा जाने छैनन्।
धोनीले यसको जानकारी कप्तान विराट कोहलीलाई पनि गरिसकेका छन्।