काठमाडौं – रेडियो नेपालका वरिष्ठ समाचारवाचक , गीतकार प्रकाशमानसिंह प्रधानको आज ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको छ ।
उनी रेडियो नेपालका पूर्व निर्देशक पनि थिए । ललितपुर मानभवन बस्दै आएका प्रधानले गीत, कविता , हाइकू लेखनमा पनि सक्रियता थियो । उनका गीत नातिकाजी , कोइलीदेवीको संगीतमा रेडियो नेपालमा रेकर्ड भएका छन् ।