सडक कालोपत्रे गरेको एक महीनामै उप्किएपछि …

गलकोट -बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । दुई करोडको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १ हजार ६६० मिटर लम्बाइ तथा ३.७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महीनामै उप्किएको हो ।

केन्द्र सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकद्वारा विनियोजित एक करोड र जैमिनी नगरपालिकाको एक करोड लागतमा कालोपत्रे गरेको सडक एक महीनामै उप्किन थालेको जैमिनी नगरपालिकाले जनाएको छ ।

कालोपत्रे गरेको सडक गुणस्तर कमजोर भएको गुनासो आएपछि नगरपालिका, डा पाठक, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमसहितको समूह र सडक डिभिजन कार्यालयका इञ्जिनीयर सिंहबहादुर विष्टको संयुक्त अनुगमनले सडकको गुणस्तरमा कमजोर भएको प्रतिवेदन नगरपालिकालाई बुझाएको थियो ।

“प्रारम्भिक अध्ययनमा कालोपत्रे गरेको सडकमध्ये २५८ मिटर सडक कमशल भएको पाइयो”, इञ्जिनीयर विष्टले भन्नुभयो, “सडकको सम्पूर्ण गुणस्तर जाँच गर्न ल्याब टेष्ट गरेपछि मात्र भन्न सकिन्छ ।” गुणस्तरमा कमजोर देखिएको सडकमा पानीको उचित व्यवस्थापन नगरी कालोपत्रे गर्दा कमजोर भएको नगरपालिकाका प्राविधिक सुमनराज रेग्मीले बताउनुभयो ।

दुई करोड लागत इष्टमेट गरेको सडकलाई ‘बि एण्ड ए’ निर्माण कम्पनीले एक करोड २५ लाखमा काम सम्पन्न गर्ने गरी गत चैत १८ गते सम्झौता गरे पनि केही भागमा कालोपत्रे उप्किएको रेग्मीले जानकारी दिनुभयो । कालोपत्रेमा गुणस्तर कम भएको प्राविधिकको प्रतिवेदन अनुसार २५८ मिटर सडकको रकम निर्माण कम्पनीलाई भुक्तानी नगरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउनुभयो ।

गुणस्तर अनुसार काम नगर्ने निर्माण कम्पनीलाई कारवाहीस्वरुप १५ लाख रकम घटाएर भुक्तानी गरिएको पौडेलले जानकारी दिनुभयो । आफूले जनताको सुविधालाई लक्षित गरी कुस्मिशेरामा पहिलोपटक कालोपत्रे सडक निर्माण कार्य शुरु गरे पनि सोचेजस्तो काम नभएको सांसद पाठकले बताउनुभयो । उहाँले आगामी दिनमा छिटो बजेट ल्याउने र अहिले कमजोर कालोपत्रे भएको स्थानमा यो आर्थिक वर्षमा कालोपत्रे गरिने जानकारी दिनुभयो ।
रासस

सिफारिस

जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं - जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता नेपालसहित भारत र बंगलादेशका आठ टिम प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल...

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन । बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन...

युद्धविराम सम्झौतामा इजरायल र हमासले दिए यस्तो प्रतिक्रिया

गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइका लागि इजरायल र...

हमास र इजरायलले गरे युद्ध विरामको सहमति, छायो खुसीयाली

जेरुसेलम – हमास र इजरायलले १५ महिना लामो युद्ध...

मौसम: यी भूभागमा हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

बढ्यो डिजेल र पेट्रोल मूल्य

काठमाडौँ - डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य...

धेरै पढिएको