सडक कालोपत्रे गरेको एक महीनामै उप्किएपछि …

गलकोट -बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । दुई करोडको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १ हजार ६६० मिटर लम्बाइ तथा ३.७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महीनामै उप्किएको हो ।

केन्द्र सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकद्वारा विनियोजित एक करोड र जैमिनी नगरपालिकाको एक करोड लागतमा कालोपत्रे गरेको सडक एक महीनामै उप्किन थालेको जैमिनी नगरपालिकाले जनाएको छ ।

कालोपत्रे गरेको सडक गुणस्तर कमजोर भएको गुनासो आएपछि नगरपालिका, डा पाठक, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमसहितको समूह र सडक डिभिजन कार्यालयका इञ्जिनीयर सिंहबहादुर विष्टको संयुक्त अनुगमनले सडकको गुणस्तरमा कमजोर भएको प्रतिवेदन नगरपालिकालाई बुझाएको थियो ।

“प्रारम्भिक अध्ययनमा कालोपत्रे गरेको सडकमध्ये २५८ मिटर सडक कमशल भएको पाइयो”, इञ्जिनीयर विष्टले भन्नुभयो, “सडकको सम्पूर्ण गुणस्तर जाँच गर्न ल्याब टेष्ट गरेपछि मात्र भन्न सकिन्छ ।” गुणस्तरमा कमजोर देखिएको सडकमा पानीको उचित व्यवस्थापन नगरी कालोपत्रे गर्दा कमजोर भएको नगरपालिकाका प्राविधिक सुमनराज रेग्मीले बताउनुभयो ।

दुई करोड लागत इष्टमेट गरेको सडकलाई ‘बि एण्ड ए’ निर्माण कम्पनीले एक करोड २५ लाखमा काम सम्पन्न गर्ने गरी गत चैत १८ गते सम्झौता गरे पनि केही भागमा कालोपत्रे उप्किएको रेग्मीले जानकारी दिनुभयो । कालोपत्रेमा गुणस्तर कम भएको प्राविधिकको प्रतिवेदन अनुसार २५८ मिटर सडकको रकम निर्माण कम्पनीलाई भुक्तानी नगरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउनुभयो ।

गुणस्तर अनुसार काम नगर्ने निर्माण कम्पनीलाई कारवाहीस्वरुप १५ लाख रकम घटाएर भुक्तानी गरिएको पौडेलले जानकारी दिनुभयो । आफूले जनताको सुविधालाई लक्षित गरी कुस्मिशेरामा पहिलोपटक कालोपत्रे सडक निर्माण कार्य शुरु गरे पनि सोचेजस्तो काम नभएको सांसद पाठकले बताउनुभयो । उहाँले आगामी दिनमा छिटो बजेट ल्याउने र अहिले कमजोर कालोपत्रे भएको स्थानमा यो आर्थिक वर्षमा कालोपत्रे गरिने जानकारी दिनुभयो ।
रासस

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको