काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ।

२८ फागुनमा सरकारले प्रतिबन्ध लगाउनुअघि एउटा संरचनामा चलेको विप्लव समूह अहिले अलग संरचनाका आधारमा चलेको छ। ‘समयानुकूल समूह संरचना हेरफेर गरी अनुकूलताका आधारमा संगठन निर्माण गरी हामी अगाडि बढिरहेका छौं’, विप्लव समूहका एक केन्द्रीय सदस्यले भने, ‘प्रतिबन्धपछि पार्टीले केही संरचना हेरफेर गरेको छ।’ उनका अनुसार देशभित्र ४ वटा कमान्ड, १२ वटा ब्युरोमार्फत समूहको गतिविधि चलेको छ।

समूहको माथिल्लो निकायमा ५ सदस्यीय स्थायी समिति छ। यो केन्द्रीय समिति रोल्पाको थवाङमा २०७३ फागुनमा सम्पन्न आठौं महाधिवेशनले चयन गरेको हो। ‘केन्द्रीय समितिको संख्या केही घटेको छ। केही नेता कार्यकर्ताले यस बीचमा समूह छोडेपछि जिम्मेवारी हेरफेर भएको हो’, ती नेताले भने। आजको अन्नपूर्ण पोस्टको पहलिो पृष्ठमा समाचार छ ।

सरकारले प्रतिबन्ध लगाउनुअघि १६ वटा ब्युरो थियो। तर सरकारी प्रतिबन्धपछि ब्युरो इन्चार्ज रहेका केही नेता निष्क्रिय र केही नेता पक्राउ परेपछि चैतको स्थायी समिति बैठकबाट ब्युरो संरचनामा हेरफेर गरेको हो। त्यसबेलाका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ९सुदर्शन० पक्राउ परेपछि बसेको स्थायी समिति बैठकले समूहको संरचनामा हेरफेर गर्दै युद्धकालीन संरचना निर्माण गरेको हो।

१६ बाट ४ वटा ब्युरोलाई अन्य ब्युरोमा गाभेर विप्लव समूहले १२ वटा ब्युरो बनाएको छ। यो संरचना गोप्य छ। प्रतिबन्धित समूहका कतिपय नेता–कार्यकर्तालाई देशभरका आन्तरिक संरचनाका विषयमा जानकारीसमेत छैन। ५ सदस्यीय स्थायी समितिमध्ये १ जना स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ९सुर्दशन० जेलमा छन्। अन्य ४ नेतामध्ये महासचिव विप्लवले सिंगो पार्टीको कमान्ड गरेका छन् भने अन्य तीन नेताले क्षेत्रीय कमान्डको जिम्मेवारी सम्हालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here