काठमाडौँ – नेपालमा थप २८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १७३५६७ पुगेको छ।
पछिल्लो अपडेट अनुसार ३७७६५ जना सक्रिय संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा १३०२३ जनाको पिसिआर परिक्षण गरिएको छ।
त्यस्तै आजै थप ३६२० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो संगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १३४८४२ पुगेको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ।
