डडेल्धुराको अमरगढीमा जुवा खेलीरहेका ११ जना पक्राउ गरि नाम सार्वजनिक

डडेल्धुरा -जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–५ बाट गत शुक्रवार जुवा खेलीरहेको अबस्थामा पक्राउ परेका ११ जनाको नाम सार्वजनिक गरेको छ ।

शुक्रबार राती पक्राउ परेकाहरुको आईतबार मात्रै नाम सार्वजनिक गरिएको हो । शुक्रबार राती १० बजेको समयमा उनिहरुलाई अमरगढी नगरपालिका–५ बाट पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ का ३३ वर्षीय मनोज सिजापती, ४८ वर्षीय सुन्दर जैरु, ३८ वर्षीय ज्ञानेन्द्र पाल्पाली, ५१ वर्षीय कृष्ण रायमाझी, २७ वर्षीय जयबहादुर पुनमगर, ३० वर्षीय मिलन थापा, ३५ वर्षीय गणेश थापा, ३५ वर्षीय सनी पाल्पाली, वडा नम्बर ४ का ४८ वर्षीय इन्द्रबहादुर थापा, भागेश्वर गाउँपालिका–५ का ४१ वर्षीय राजेन्द्र नाथ र बैतडीको पाटन नगरपालिका–९ का ३५ वर्षीय लोकेश भट्ट रहेका छन् । अमरगढी नगरपालिका–५ खलङ्गा स्थित मनोज सिजापतीको घरमा जुवातास खेली रहेको अवस्थामा उनिहरु लाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

उनको साथ बाट १८ हजार तिन सय ८५ रुपैया बरामत गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आईतबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरा बाट जुवा ऐन अन्तर्गत सात दिनको म्याद थप अनुमती लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको