धोनीले बुढेसकालमा किन लिँदैछन् आर्मीको तालिम ?

एजेन्सी- भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले विश्वकपपछि सन्यास लिने धेरैको अनुमान थियो । तर धोनीले तत्काल सन्यास नलिने उनका म्यानेजर अरुण पाण्डेले बताएका छन् । धोनी आगामी दुई महिना क्रिकेटबाट भने टाढा रहने छन् । धोनीले दुई महिना भारतीय आर्मीको तालिम लिने बताइएको छ ।

३८ बर्षीय धोनी भारतीय प्रादेशिक आर्मीको लेफ्टिनेन्ट कर्नेल पनि हुन् । शनिबार मात्र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आधिकारिक रुपमा पुष्टि गर्दै धोनीले अर्को महिनामा वेस्ट इन्डिजसँग हुने समान तीन वटा टी–२० र एकदिवसीय सिरिजका लागि आफ्नो नाम फिर्ता लिएको उल्लेख गरेको छ  ।

धोनी स्वयंले तत्काल क्रिकेट करियरबाट सन्यास नलिने पनि बताएका छन् । भारतले छिट्टै वेस्ट इन्डिजबिरुद्धको खेलका लागि नयाँ खेलाडी टोलीको घोषणा गर्न लागेको छ । टोलीमा नयाँ खेलाडीको आगमन हुने भारतीय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।

यद्यपि भर्खर सकिएको विश्वकप पछि धोनीले अब छाड्नुपर्ने र युवा खेलाडीलाई मौका दिनुपर्ने चर्चा चलेको थियो । अघिल्लो साता इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएपछि भारतीय टोलीको आलोचनासँगै धोनीको सन्यासको कुरा चर्चामा आएको थियो । धोनी भारतलाई तीनवटा मुख्य प्रतियोगिताहरु टी–२० विश्वकप, एकदिवसीय विश्वकप र च्याम्पिनयसिप ट्रफी जिताउने एक्लो कप्तान हुन् ।

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको