धोनीले बुढेसकालमा किन लिँदैछन् आर्मीको तालिम ?

एजेन्सी- भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले विश्वकपपछि सन्यास लिने धेरैको अनुमान थियो । तर धोनीले तत्काल सन्यास नलिने उनका म्यानेजर अरुण पाण्डेले बताएका छन् । धोनी आगामी दुई महिना क्रिकेटबाट भने टाढा रहने छन् । धोनीले दुई महिना भारतीय आर्मीको तालिम लिने बताइएको छ ।

३८ बर्षीय धोनी भारतीय प्रादेशिक आर्मीको लेफ्टिनेन्ट कर्नेल पनि हुन् । शनिबार मात्र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आधिकारिक रुपमा पुष्टि गर्दै धोनीले अर्को महिनामा वेस्ट इन्डिजसँग हुने समान तीन वटा टी–२० र एकदिवसीय सिरिजका लागि आफ्नो नाम फिर्ता लिएको उल्लेख गरेको छ  ।

धोनी स्वयंले तत्काल क्रिकेट करियरबाट सन्यास नलिने पनि बताएका छन् । भारतले छिट्टै वेस्ट इन्डिजबिरुद्धको खेलका लागि नयाँ खेलाडी टोलीको घोषणा गर्न लागेको छ । टोलीमा नयाँ खेलाडीको आगमन हुने भारतीय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।

यद्यपि भर्खर सकिएको विश्वकप पछि धोनीले अब छाड्नुपर्ने र युवा खेलाडीलाई मौका दिनुपर्ने चर्चा चलेको थियो । अघिल्लो साता इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएपछि भारतीय टोलीको आलोचनासँगै धोनीको सन्यासको कुरा चर्चामा आएको थियो । धोनी भारतलाई तीनवटा मुख्य प्रतियोगिताहरु टी–२० विश्वकप, एकदिवसीय विश्वकप र च्याम्पिनयसिप ट्रफी जिताउने एक्लो कप्तान हुन् ।

सिफारिस

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका...

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला...

उर्जा राज्यमन्त्री गर्बुजाद्धारा पदबहाली

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

काभ्रेपलाञ्चोक - यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई...

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदै

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा...

२२ गतेदेखि नागढुंगा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले...

धेरै पढिएको