काठमाडौं – आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको बैठक स्थगित भएको छ।
कांग्रेस नेता एवम् सांसद सूर्यबहादुर केसीको निधनका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको सहमहामन्त्री डा प्रकाशसरण महतले जानकारी दिए।
नेपाली कांग्रेसले केसीको निधनमा केन्द्रीय कार्यालय एकदिन बन्द गर्ने र तीनदिन पार्टीको झन्डा झुकाउने जनाइएको छ।
पार्टीभित्र देखिएको विवाद समाधान गर्न भन्दै सोमबार पदाधिकारी बैठक बसेको थियो। हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोधपत्रमा छलफल भए पनि ठोस सहमति भने कुनै हुन सकेको थिएन् ।
आज पनि बैठक बसेर छलफल गर्ने तय भए पनि सांसदको निधन भएपछि बैठक रोकिएको हो ।
