काठमाडौं – काठमाडौं उपत्यकामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
जसमध्ये ६ सय ४९ जना महिला छन् भने बाँकी ८ सय १९ जना पुरूष हुन्।
काठमाडौंमा ६५ हजार ७ सय ८८ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४९ हजार ६ सय ७६ जना निको भइसकेका छन् भने २४९ जनाको मृत्यु भएको छ। यस्तै, १५ हजार ८ सय ६३ जना संक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा १११६६ जनाको पिसिआर परिक्षण गरिएको छ।
यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि १६३० जनामा कोरोना संक्रमण भएको थियो। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।
यस्तै नेपालमा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १७९६१४ पुगेको छ।