आईपीएल २०२० अन्तर्गत लिग चरणको अन्तिम खेल जित्दै हैदरावाद प्ले-अफ पुग्ने चौथो टिम बन्न सफल भएको छ। यस अघि मुम्बई, दिल्ली र बैंगलोरले प्ले-अफमा स्थान पक्का गरेका थिए।
प्लेअफ पुग्नको लागि जित अत्यावश्यक रहेको खेलमा मुम्बई बिरुद्ध हैदरावादले १० विकेटको शानदार जित दर्ता गरेको हो। हैदरावादको जितपछि कोलकाता नाइट राइडर्स भने बैंगलोर र हैदरावादसंग अंक बराबरी भएता पनि नेट रन रेटमा पछि पर्दै प्लेअफ पुग्न असफल रह्यो।
अंकतालिकामा १८ अंक सहित मुम्बई पहिलो, १६ अंक सहित दिल्ली दोश्रो, १४ अंक सहित हैदरावाद तेश्रो तथा समान १४ अंक रहेता पनि बैंगलोर चौथो स्थानमा रह्यो।