काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ भूगोलसहित ८३ जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ। महानगरपालिकालाई समेत नेकपाले जिल्ला कमिटी सरहको मान्यता दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालयको बैठकले ७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यताप्राप्त छ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाएको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साङ्गठनिक एकीकरणका बाँकी कामलाई पूर्णता दिने विषयमा भएको छलफलमा ७७ जिल्ला भूगोल र जिल्ला कमिटीकै मान्यताप्राप्त छ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुङ्गो लागेको जानकारी दिए।