काठमाडौं – अमेरिकी राष्ट्रपति चुनावमा दुई प्रतिष्पर्धी जो बाइडेन र डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको बीबीसीले जनाएको छ । डोनाल्ड ट्रम्पले फेरिडा, ओहायो, टेक्ससमा जित हासिल गरेका छन् ।
अहिलेसम्मको इलोक्ट्रोल मतका आधारमा भने डेमोक्रेट्स पार्टीका उमेदवार जो बाइडेनले आफ्नो अग्रता कायम राखेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।
उनले विजयी सुनिश्चित भएको बताएका छन् । अरिजोना, जर्जिया, उत्तरुी क्यारोलाइना, नेवाडालगायतका राज्यको मतगणना जारी छ ।
राष्ट्रपति पदमा आसिन हुन आवश्यक २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ।
अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन्।
बाइडेनले जित सुनिश्चित भएको बताएपछि ट्रम्प अदालत जाने तयारीमा रहेको बताएका छन् ।
उनले केही स्थानमा धाँधली भएको भन्दै अदालत जाने तयारी गरेको बताएका छन् ।