दाङ – दाङको घोराहीमा खाल्डोमा डुवेर ३ जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं। १८ अम्वापुरस्थित पैतिखोला खेतको खाल्डोमा डुवेर दुई दिदी बहिनी र एकजना फूपुको मृत्यु भएको हो।
स्थानीय १९ बर्षीया फूपु वशन्ती विक र दिदी १९ बर्षकै झरना विक र १६ बर्षीया बहिनी अमृता विकको खेतको एउटा खाल्डोमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
उनीहरु धान रोपेर घर तर्फ फर्कदै गर्दा खेतको खाल्डोमा रहेको पानीमा हात खुट्टामा लागेको हिलो धुन भनि गएका थिए । तर त्यही क्रममा एकजना खाल्डोमा खसेपछि उनलाई तान्न प्रयास गर्दा एक पछि अर्कौ गर्दै तीनै जना खाल्डोमा खसेपछि डुवेर मृत्यु भएको एसपी पाण्डेले बताए ।