काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सारिएको छ। कात्तिक २१ गतेका लागि बोलाइएको बैठक २४ गतेका लागि सारिएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
१४ औं महाधिवेशनको नयाँ मिति तय गर्न र पार्टीभित्रका विवाद समाधानका लागि सभापति देउवाले बैठक डाकेका हुन्। यसअघिका केन्द्रीय समिति पार्टीका सात जना केन्द्रीय सदस्यहरुमा कोभिड-१९ पुष्टि भएपछि सारिएको थियो।
त्यसपछि कात्तिक २१ का लागि सारिएको बैठक पुन सारिएको हो। गत मंगलवार सांसदसमेत रहेका पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएकाले यो बैठक सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
