खुलामञ्चलगायत काठमाडौंका कुनै पनि सार्वजनिक स्थलमा निःशुल्क भोजन गराउन रोक

काठमाडौँ – मंसिर २ गतेदेखि खुलामञ्चलगायत काठमाडौंका कुनै पनि सार्वजनिक स्थलबाट भोजन सेवा (निःशुल्क भोजन) नगराउने सहमति भएको छ। खुला क्षेत्रबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा आज काठमाडौं महानगर र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका पक्षबीच भएको छलफलपछि यस्तो सहमति भएको हो।

उक्त छलफल निःशुल्क भोजन व्यवस्थापन गर्दै आएका हाम्रो टिम नेपाल, मानवी क्रियसन एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं, न्यू ग्रिन सिटी, सेभ्स एसोसिएसन अफ नेपाल, हाम्रो सानो प्रयास, गसिब क्वीन नेपाल हन्ड्रेड ग्रुप, भक्त वी. वी. फर ह्युमानिटीलगायत संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

यसैगरी महानगरका निर्देशकहरू हरिबहादुर कुँवर, बसन्त आचार्य तथा नगर प्रहरी नायब उपरीक्षक राजु पाण्डे र दिनेश अर्याललगायत अधिकारीहरू सहभागी थिए। छलफलमा खुला ठाउँमा खाना खुवाउँदा उत्पन्न भएको सामाजिक प्रतिष्ठा, महामारीको जोखिम बढ्न सक्ने खतरा विषयमा छलफल भएको थियो। त्यही छलफलले निःशुल्क भोजन गराउन चाहने संघसंस्था तथा अभियन्ताले मंसिर १ गते पर्ने भाइटीकाका दिनसम्ममा वैकल्पिक व्यवस्था गरिसक्ने सहमति भएको छ।

२ गते प्रदान गरिने भोजनका लागि वडा र महानगरको समन्वयमा व्यवस्था गर्ने र त्यसै दिनदेखि खुलामञ्चलगायत सार्वजनिक कुनै पनि ठाउँमा निःशुल्क भोजनको व्यवस्था नगर्ने सहमतिमा उल्लेख छ ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको