महाभारत क्षेत्रको चिरकिट्टे डाँडामा पानी घट्ट संचालनमा

डम्बर निदाल
डडेल्धुरा – महाभारत पर्वतको डाँडामा पानी घट्ट सञ्चालन गरिएको छ । महाभारत पर्वतको जंगल क्षेत्रमा स्थानियले बसोवास गर्दै आएका छन । डडेल्धुराको अमरगढी नगरपालिका–३ को निकै उचाईमा रहेको चिरकिट्टे डाँडामा पानी घट्ट संचालनमा आएको छ । महाभारत क्षेत्रमा पर्ने उक्त डाँडामा लेकबाट पानी ल्याएर स्थानियले पानी घट्ट संचालनमा ल्याएका हुन । यहाँका अधिकांश बस्ती पहाडको डाँडामा छन् । पहाडी क्षेत्रमा मानव बस्ती भएको कारणले सिँचाइको लागि पानीको समस्या पनि उस्तै रहेको छ ।

अमरगढी नगरपालिका–३ मा पर्ने यस क्षेत्रमा सडक विस्तार भएको छ । भने भर्खरै मात्र विद्युत पुगेको छ । अधिकांश बस्ती डाँडामै रहेकोमा घण्टौ हिँडेर खोला छेउ रहेका पानी घट्टमा गएर कुटानीपिसानी गर्ने स्थानीयलाई गाउँमै घट्ट सञ्चालनमा आएपछि सहज भएको छ । भर्खरै सडक र विद्युतको पहुँच पुगेको उक्त ठाउँका स्थानियलाई यसअघि गहुँ, कोदो र मकै कुटानीपिसानी गर्न समस्या हुने गरेको थियो ।

यहाँका स्थानिय बिभिन्न समस्याको सामना गर्दै आएका छन् । गहुँ, कोदो, मकै कुटानी पिसानीका लागि समेत समस्या थियो । तर आजभोलि भने यो समस्या हटेको छ । डाँडामा पानी घट्ट सञ्चालनमा आए पछि कुटानी पिसानीको समस्या हटेको हो ।
अमरगढी नगरपालिकाको एक लाख ४० हजार र स्थानियको जन श्रमदान बाट घट्ट निर्माण गरि सञ्चालन गरिएको हो । घट्ट प्रायः खोला किनारमा हुने गरेका छन । तर यहाँ भने खोला बाट नहर बनाई डाँडामा घट्ट बनाईएको छ । यस संगै घण्टौँ हिडेर खोला छेउमा रहेका घट्टमा गएर कुटानी पिसानी गर्नु पर्ने बाध्यता समेत हटेको छ । गाउँ नजिकै डाँडामा घट्ट सञ्चालनमा आए पछि स्थानिय खुशि भएका छन् । अहिले जस्तापाताले छोएको दुई तलाको ढुङ्गाले निर्माण गरिएको दुई कोठे घरमा सिमेन्टले पोतिएको छ ।

डाँडामा घट्ट निर्माण गरिए संगै पछिल्लो समय लोप हुँदै गरेको घट्टको संरक्षण भएको छ भने पानी पनि खेर नजाने, कुटानी पिसानी पनि हुने र तरकारी तथा अन्नबाली सिचाईका लागी पनि उक्त पानी स्थानियले प्रयोग गरि रहेका छन । सुदूरपश्चिममा कुनै समय कुटानी, पिसानी, पेलानीका लागि ढिकी, जाँतो, घट्ट, कोलु प्रयोग हुदै आएका थिए । महाभारत क्षेत्रको चिर्किट्टे लगायतका क्षेत्रमा सडक पुगे पनि यातायातको पहुँच बाट अझै टाढा रहेको स्थानिय नरेन्द्र पाण्डेयले बताए।

यस अघि बिद्युत नपुगेकाले पनि घट्ट निर्माणमा स्थानियले जोड दिएको उनको भनाई छ । घट्टमा कुटानी पिसानीका लागी भागेश्वर गाउँपालिकाको खाल्टा, चौड लगाएतका गाउँ र अमरगढी नगरपालिकाका रोड्ङा, ढोलपोखरा, चिरकिट्टे गाउँका स्थानीयहरू पुग्ने गरेका छन् । परम्परागत ढिकी, जाँतो र घट्टको संरक्षण लागि समेत आफुहरुले घट्ट निर्माणमा जोड दिएको स्थानीय बताउछन् ।

विद्युत् पुगेको भए पनि लाईन आउनेजाने टुंगो हुँदैन । घट्ट त निरन्तर रूपमा सञ्चालन हुन्छ । घट्टबाट कुटानी पिसानी गर्दा स्वास्थ्यको लागि लाभदायक पनि भएको साथै मिलमा कुटानी पिसानी गर्दा पैसा पनि लाग्छ, घट्टमा निःशुल्क पिस्न पाइने पैसाको पनि बचत हुने भएकाले घट्ट निर्माण गरेको स्थानिय बताउछन् ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको