काठमाडौं – जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ४ को तिबाङघारीको भीरबाट जीप खस्दा तीन जनाको मृत्यु भएको हो।
शनिबार दाङको तुलसीपुरबाट रोल्पाको सुका ओराल जाँदै गरेको लु १ ज २९११ नम्बरको डबल क्याप जीप सल्यानको तिबाङघारीको भीरबाट खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
ज्यान गुमाउनेमा रोल्पा गङगादेब गाउपालिका ७ बस्ने भीम बहादुर वली सोही ठाउँका १७ वर्षीय भीम राज बुढा र गङगादेब गाउँपालिका ५ का गन्जमान बुढा रहेको प्रहरीले जनाएको छ ।
उकालोमा गाडा चड्न नसकेपछी ब्याक भएको गाडी भिरबाट खसेको बताएको छ। सात जना सवार उक्त जीपमा अन्य ४ जना भने सकुशल नै रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलिले जानकारी छ्न। गाडी सडकबाट करिब एकसय मिटर तल भिरमा खसेको उनले बताएका छन। घ