आईपीएलमा आज फाइनल पुग्‍न दिल्ली-हैदराबाद भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० को फाइनल प्रवेशका लागि आइतबारको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दैछन्।

दोस्रो क्वालिफायर विजेताले फाइनलमा उपाधिका लागि डिफेन्डिङ च्याम्पियन मुम्बईको सामना गर्नेछ । अस्ट्रेलियाली आक्रामक ब्याट्सम्यान डेविड वार्नरको नेतृत्वमा रहेको हैदराबाद प्रतियोगिताको अन्त्यतिर लय समात्न सफल भएको छ र यसक्रममा पछिल्ला चार खेल लगातार जितेको छ । हैदराबादका लागि यी सबै खेल ‘गर या मर’ को स्थितिका थिए ।

लिग चरणका दुवै खेलमा हैदराबादले दिल्लीलाई हराएको थियो । यही पृष्ठभूमिका कारण हैदराबादका खेलाडी उत्साही हुनेछन् । दिल्ली भने यो सबै स्थितिका ठीक विपरीत अवस्थामा छ । दिल्लीले लिग चरणको अन्त्यतिर लय गुमाएको थियो ।

दोस्रो क्वालिफायरअघि दिल्लीले खेलेका ६ खेलमध्ये ५ मा हार बेहोरेको थियो । त्यसैले दोस्रो क्वालिफायर खेल एक प्रकारले लयमा रहेको र लय गुमाएको टिमबीचको प्रतिस्पर्धा हुनेछ । तर, सन् २०१९ को आईपीएल संस्करणमा भने दिल्लीले इलिमिनेटरमा हैदराबादलाई नै हराएको थियो ।

यद्यपि प्लेअफ इतिहासमा दिल्लीको प्रदर्शन खासै राम्रो छैन । यसपल्टको प्रतियोगितामै पनि दिल्लीले मुम्बईविरुद्धका सबै तीन खेल गुमाएको छ । दोस्रो क्वालिफायरमा राम्रो गर्ने हो भने दिल्लीका लागि कोही न कोही खेलाडीले ठूलो इनिङ्स खेल्न आवश्यक हुनेछ । यो नै पछिल्ला हारमा टिमको सबैभन्दा कमजोर पक्ष रह्यो । इतिहास नै पल्टाउने हो भने पनि स्थिति हैदराबादको पक्षमा देखिन्छ ।

दिल्लीका कप्तान श्रेयस अय्यर पनि मुम्बईविरुद्धको खेलमा हार बेहोरेपछि निराशा व्यक्त गर्दै टिमले प्रतियोगिताको निर्णायक र महत्त्वपूर्ण मोडमा लय गुमाएको स्विकारेका छन् । उनले फाइनल पुग्न आफ्नो टिमको प्रदर्शनमा व्यापक सुधार आवश्यक रहेको बताएका थिए । वार्नर भने स्वभाविक रूपमा टिमको लगातारको राम्रो प्रदर्शनमा खुसी छन् र यसलाई दोस्रो क्वालिफायरमा कायम राख्न चाहन्छन् । हैदराबाद पछिल्लो ५ वर्षमा तेस्रोपल्ट फाइनल पुग्न प्रयासरत हुनेछ ।

 

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको