काठमाडौं – कोरोना संक्रमणबाट देशभर थप २१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो ।
हिजो कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर २८१७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
