सकियो माधव नेपालसहितका नेताहरुसँग ओलीको भेट, कसले के भने ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँग नेकपा फुटको डिलमा पुगेकाले बचाउन आग्रह गरेका छन् । उनले विगतदेखि पार्टीमा देखिएको समस्याका बारेमा अवगत गराउँदै नेता नेपाल र उनको समूहमा रहेका नेताहरुसँग यस्तो आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेता नेपालसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुटाउन लागिपरेको संकेत गरेका थिए ।

अध्यक्षद्वय ओली र दाहालबीच शनिबार बिहान बालुवाटारमा चर्काचर्की भएको थियो । सचिवालयका पाँचजना नेताले दुईदिनभित्रमा सचिवालय बैठक बोलाउन अल्टिमेटम दिएको भोलिपल्टै ओलीले नेता नेपाललाई बोलाएर गुहार मागेका हुन् । ओलीले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई छलफलका लागि बोलाएका थिए ।

“पार्टी फुटको डिलमा पुगेको छ । सबै मिलेर बचाऔं भन्नुभयो,” नेता पन्तले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने । नेताहरुले पनि पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा निर्णायक भूमिका भएकाले सहमतिको पहल थाल्न आग्रह गरेका थिए । “हामीले पनि सबै मिलेर पार्टी बचाउनुपर्छ । प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतले सबैभन्दा बढी र निर्णायक भूमिका तपाईँको हुन्छ । सिंगो पार्टीलाई एकताबद्ध हुने गरी काम गर्नुस् । समस्याको समाधान पार्टीको बैठकबाट हुन्छ । तपाईँ लचिलो हुनुपर्छ ।”

छलफलमा प्रधानमन्त्री ओलीले फुटको संघारमा पार्टी पुगेकाले बचाउन पटक पटक आग्रह गरेको नेता पाण्डेले जानकारी दिए । उनले आफूहरुले प्राविधिकभन्दा पनि ठोस प्रस्ताव ल्याउन आग्रह गरेको बताएका थिए ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको