स्थानिय स्तरमै रोजगारीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

डम्बर निदाल
डडेल्धुरा – कोरोना भाईरस कोभिड–१९ को संक्रमण फैलिए यता रोजगारीका लागी भारत लगायत अन्य मुलुक बाट लाखौको संख्यामा स्थानिय घर फर्किएका छन । स्थानिय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नु पर्ने भन्दै नागरिक समाज डडेल्धुराले प्रधानमन्त्री लाई ज्ञापन पत्र पठाएको छ ।

घर फर्किएकाहरु संक्रमणकै जोखिम मोलेर रोजगारीका लागी पुनः भारत लगायत अन्य तेस्रो मुलुक फर्किएको उल्लेख गर्दै नागरिक समाजले स्थानिय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नु पर्ने माग राखेको छ । संक्रमण दर पनि बढ्दै गएको छ ।
भयावह स्थिति रहदा संक्रमणको रोकथाम, उपचार, चेकजाँच तथा कन्टेक्ट ट्रेसिङ्गमा स्थानिय सरकारले व्यापक लापरवाही गरेको प्रती जनताको आवाज सुनुवाई नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघिय सरकारले जनताको नैसर्गिक अधिकार लाई बञ्चित गरि कोरोना संक्रमितहरुको निशुल्क स्वास्थ्य उपचार सन्दर्भमा गैर जिम्मेवार निर्णयको भत्सना गरिएको छ । सर्वाेच्च अदालतको भावना लाई सम्मान गर्दै कार्यान्वयन गर्न र अनिश्चित माहामारी कोरोना भाईरस बाट प्रभावित लाई रोजगारीका अवर प्रदान गर्नु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सुदूरपश्चिम प्रदेश लगायत सबै स्थान बाट रोजगारीका लागी दैनिक हजारौको संख्यामा स्थानिय जोखिम मोलेरै बालवालिका सहित युवाशक्तिहरु परिवारजनहरु भारत तर्फ पलायन भईरहेकाले स्थानिय स्तरमा रोजगारीका सिर्जना हुने योजना सरकारले ल्याउनु पर्ने भन्दै आईतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिसदको कार्यालयमा ज्ञापन पत्र पठाईएको नागरिक समाज डडेल्धुराका संयोजक रमेश प्रशाद जोशीले बताए ।

यहाँका सात वटै स्थानिय तहहरु लाई निति तथा कार्यक्रम, योजना तर्जुमा निर्माणको क्रममा कोरोना भाईरस प्रभावितहरु लाई रोजगार मुलक कार्यक्रमहरु प्राथमिकताका साथ कार्यान्वयनका लागी जोड दिन पेश गरिएको आग्रह लाई पनि नागरिक समाजले विज्ञप्ति मार्फत आग्रह गरेको छ ।
नागरिकले अपेक्षा गरेको सुचनाको हक र कोरोना बिषयक आयव्यय खर्च विवरण पारदर्शी रुपमा सार्वजनिक गर्ने बिषयमा पनि गम्भिर हुन नागरिक समाज जोडदार माग गर्दछ भनि विज्ञप्तिमा उल्लेख गरीएको छ ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको