काठमाडौँ – अमेरिकाले बाढी तथा डुवान जस्ता विपदमा उद्दारका लागि उपयोग हुने राहत सामग्री नेपाली सेनालाई उपलब्ध गराएको छ। आज गौचरस्थित ब्यारेकमा एउटा कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण भएको हो।
सहयोगस्वरुपमा अमेरिकाले ६ वटा र्याफ्ट बोट र ४ वटा मिस्ट्रल र्याफ्ट नेपाली सेनालाई हस्तान्तरण गरेको हो।
अमेरिकी सेनाका लेफ्टिनेन्ट कर्णेल जोन माट सोभा र रक्षा सहयोग कार्यालयका मेजर मिचेल पी. ह्वाईटले नेपाली सेनाका महासेनानी राजेन्द्रमणि गिरिलाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ।