कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा सभापति पदमा उम्मेदवारी दिने घोषणा

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने तयारी गरेकी छन् । जीपी कोइराला फाउन्डेसन अमेरिकाले आयोजना गरेको भर्चुअल संवादमा उनले पार्टीको वर्तमान नेतृत्व परिवर्तनका लागि आसन्न महाधिवेशनमा सभापति पदमा लड्ने बताएकी हुन् ।

पार्टीमा परिवर्तन ल्याउन र अहिले देखिएका अनुहारलाई परिवर्तन गर्न आफू सभापति पदमा उम्मेदवारी दिने तयारीमा जुटेको कोइरालाको भनाइ थियो । उनले आफ्नो उम्मेदवारीको विषयमा तिहारपछि औपचारिक रुपमा बोल्ने बताइन् ।

नेतृ कोइरालाले अहिलेसम्मको शैलीबाट पार्टी चल्न नसक्ने भन्दै आगामी दिनमा पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
‘पुरानै ढंगबाट पार्टी चल्न सक्दैन । अब नयाँ ढंगबाट पार्टीलाई अगाडि लिएर जानु पर्दछ,’ उनले भनिन्, ‘त्यसका लागि हामीहरुले युवालाई, महिलालाई अत्यधिक रुपमा क्रियाशील (सदस्यता) दिनुपर्छ । उनीहरुको नेतृत्वलाई अगाडि बढाउनुपर्छ ।’

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नाम नलिए पनि घुमाउरो शैलीमा पार्टी सञ्चालन गर्न नसकेको समेत आरोप लगाइन् ।

‘माथिल्लो लेवलमा लिडरसिपको कमी पनि देखियो । यो मैले मात्रै भनेको होइन । नेपाली कांग्रेसका यो सबैले महसुस गरिरहेका छन्’, उनले भनिन्, ‘विकास निर्माणको योजना, सोच र दृष्टिकोण केही छैन, यसरी पार्टी चल्छ ? प्रतिपक्ष हुँदा पनि काम गर्ने हो । सुतेर बस्ने होइन ।’

कांग्रेसले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा आयोजना गर्ने घोषणा गरिसकेको छ । तर, कोभिड–१९ का कारण कांग्रेसले महाधिवेशनका लागि तयार गरेको कार्यतालिकाअनुसार कार्यसम्पादन भने गर्न सकेको छैन ।

 

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको