कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा सभापति पदमा उम्मेदवारी दिने घोषणा

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने तयारी गरेकी छन् । जीपी कोइराला फाउन्डेसन अमेरिकाले आयोजना गरेको भर्चुअल संवादमा उनले पार्टीको वर्तमान नेतृत्व परिवर्तनका लागि आसन्न महाधिवेशनमा सभापति पदमा लड्ने बताएकी हुन् ।

पार्टीमा परिवर्तन ल्याउन र अहिले देखिएका अनुहारलाई परिवर्तन गर्न आफू सभापति पदमा उम्मेदवारी दिने तयारीमा जुटेको कोइरालाको भनाइ थियो । उनले आफ्नो उम्मेदवारीको विषयमा तिहारपछि औपचारिक रुपमा बोल्ने बताइन् ।

नेतृ कोइरालाले अहिलेसम्मको शैलीबाट पार्टी चल्न नसक्ने भन्दै आगामी दिनमा पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
‘पुरानै ढंगबाट पार्टी चल्न सक्दैन । अब नयाँ ढंगबाट पार्टीलाई अगाडि लिएर जानु पर्दछ,’ उनले भनिन्, ‘त्यसका लागि हामीहरुले युवालाई, महिलालाई अत्यधिक रुपमा क्रियाशील (सदस्यता) दिनुपर्छ । उनीहरुको नेतृत्वलाई अगाडि बढाउनुपर्छ ।’

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नाम नलिए पनि घुमाउरो शैलीमा पार्टी सञ्चालन गर्न नसकेको समेत आरोप लगाइन् ।

‘माथिल्लो लेवलमा लिडरसिपको कमी पनि देखियो । यो मैले मात्रै भनेको होइन । नेपाली कांग्रेसका यो सबैले महसुस गरिरहेका छन्’, उनले भनिन्, ‘विकास निर्माणको योजना, सोच र दृष्टिकोण केही छैन, यसरी पार्टी चल्छ ? प्रतिपक्ष हुँदा पनि काम गर्ने हो । सुतेर बस्ने होइन ।’

कांग्रेसले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा आयोजना गर्ने घोषणा गरिसकेको छ । तर, कोभिड–१९ का कारण कांग्रेसले महाधिवेशनका लागि तयार गरेको कार्यतालिकाअनुसार कार्यसम्पादन भने गर्न सकेको छैन ।

 

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको